कार्यदलका सदस्यलाई दलको कार्यालयमा कांग्रेसको बोलावट

काठमाडौँ । सहकारीको रकम हिनामिनासम्बन्धी छानबिनका लागि गठन हुने संसदीय समितिको कार्यादेश (टिओआर) बारे कार्यदलस्तरमा छलफल भइरहेका बेला नेपाली कांग्रेसले पार्टीका तर्फबाट कार्यदलमा रहेका सदस्यहरूलाई पार्टी संसदीय दलको कार्यालयमा बोलाएको छ ।
कानुनमन्त्री पदम गिरी नेतृत्वको कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट जीवन परियार सदस्य छन् । तर कार्यदलको बैठकमा ज्ञानेन्द्र कार्की पनि थपिएका छन् । उनीहरू दुवैलाई कानुन मन्त्रालयमा कार्यदलको बैठक बसिरहेका बेला कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दलको कार्यालयमा बोलाएका हुन् ।
कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम राख्ने वा नराख्ने भन्नेमा कार्यदलस्तरमा सहमति जुट्न सकेको छैन । कार्यदलमा सहमति जुट्न नसक्दा संसद् बैठक समेत प्रभावित भएका छन् । यद्यपि विपक्षी मोर्चाले संसद्मा गृहमन्त्री रवि लामिछानेको कुरा सुन्न तयार भएको जनाइसकेको छ ।
तर कार्यदलस्तरमा टिओआरबारे सहमति जुटेपछि मात्रै संसद् बैठक सञ्चालन गर्नुपर्ने विपक्षीको माग अनुसार बैठकको समय समेत परिवर्तन भैसकेको छ । दलको कार्यालयमा लेखकसँगै महामन्त्री गगन थापा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता