संसद् रङ्गमञ्च जस्तो भयो, बोल्न निषेध गर्न पाइँदैन : सीके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके (चन्द्रकान्त) राउतले संसद् रङ्गमञ्च जस्तो मात्रै भइरहेको बताएका छन् । आइतबार काठमाडौंको नेपाल ल क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा बोल्न निषेध कसैले पनि गर्न नहुने भन्दै नेपाली कांग्रेसले खाली गृहमन्त्री रवि लामिछानेलाई मात्र टारगेट गर्नु गलत भएको बताए ।
उनले भने,‘मैले पनि पटक पटक भन्ने गरेको छु, यो संसद् रङ्गमञ्च मात्रै भयो है भनेर । संसदमा बोल्न दिनुपर्ने हो । दोष होला नहोला छुट्टै कुरा तर बोल्न निषेध कसैले पनि गर्नुहुँदैन जस्तो लाग्छ । छानबिन त अरू जोकोहीको पनि गर्न सकिन्छ । त्यही भएर एउटा मानिसलाई मात्र टारगेट गर्नुहुँदैन ।’
उनले संसदमा साँढेको जुधाई जस्तो भएको भन्दै ठुला ठुला पार्टी कुस्ती खेलेर बस्दा आफूहरू भने अप्ठारोमा परेको बताए ।
उनले भने,‘संसदमा कस्तो भएको छ भने साँढेको सुधाई जस्तो भएको छ । ठुला ठुला पार्टी कुस्ती खेलेर बसेका छन् । हामीलाई चाहिँ कठिन भएको छ । गलत संसदीय अभ्यास भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
२०८२ सालका लागि चार नयाँ ‘पात्रो’ पञ्चाङ्गलाई स्वीकृति, कुल १८ पात्रो
-
प्रिमियर लिगमा तेस्रो स्थानको नटिङघमलाई सफलता
-
गुजरातको गर्जन कायमै, कोलकातालाई कष्ट
-
मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनी एक करोड ८४ लाख