लम्बियो प्रतिनिधिसभा बैठक बस्ने समय
_5KQkCvwKQS.jpg)
काठमाडौँ । संसद् खुलाउने विषयमा दलहरूबिच सहमति नजुट्दा पूर्व निर्धारित समयमा प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन । आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइए पनि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको विषयमा कार्यविधि निर्माणबारे सहमति नजुट्दा प्रतिनिधिसभा बैठक बस्ने समय लम्बिएको छ ।
सरकार सहकारीको विषयमा छानबिन समिति बनाउन तयार देखिएपछि कसरी गर्ने भन्ने कार्यविधि निर्माणका लागि सत्तापक्ष दल र प्रतिपक्षी दलका प्रतिनिधिहरूबिच कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफल भइरहेको छ ।
निर्णयका लागि कानुनमन्त्री पदम गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छलफलमा जुटिरहेका छन् ।
यस्तै आइतबार बसेको विपक्षी दलको बैठकले गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने निर्णय गरेको छ । साथै संसदीय छानबिन समितिको कार्यविधिमा सहमति नभएसम्म सदन चल्न नदिन विपक्षी दलले सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षक अगुवाहरूसँग कांग्रेस महामन्त्रीद्वयको छलफल
-
‘सांसदहरूले कमिसनमा आफ्नो योजना बेचेका छन् भन्ने सुनेको छु’
-
‘सरकारले आफ्नो गल्ती ढाकाछोप गर्न सांसदमाथि आरोप लगाएको छ’
-
ब्याट्सम्यानलाई साथ दिने पिचमा कोलकाता र पञ्जाबलाई सर्वाधिक रन बनाउने कप्तानको भर
-
रोजगारीका सवालमा राज्यले महिलालाई पहिलो प्राथमिकता दिनुपर्छ : हसिना खान
-
बीमामा रुपा गाउँपालिकाको ५० प्रतिशत अनुदान