राजाभन्दा धनी प्रधानमन्त्री छन् यस देशमा

लन्डन । बेलायतमा राजासँग भन्दा धेरै सम्पत्ति प्रधानमन्त्रीसँग छ । बेलायती पत्रिका सन्डे टाइम्समा प्रकाशित धनाढ्यको पछिल्लो सूचीले यस्तो देखाएको हो । रिपोर्टका अनुसार प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिको सम्पत्ति गएको एक वर्षमा १२ करोड पाउण्डले बढेर कुल ६५ करोड १० लाख पाउण्डमा पुगेको छ । यस अवधिमा राजा चार्ल्सको कुल सम्पत्ति ६० करोड पाउण्डबाट बढेर ६१ करोड पाउण्ड पुगेको छ ।
पत्रिकाका अनुसार बेलायतमा अरबपतिहरूको संख्या घट्दै गइरहेको छ । सन् २०२२ मा १७७ रहेको अर्बपतिहरूको संख्या घटेर १६५ मा आएको छ । सूचीमा भारतीय मूलका बेलायती व्यापारी गोपी हिन्दुजा र उनको परिवार ३७ अर्ब २० करोड पाउण्डको कुल सम्पत्तिका साथ सूचीको शीर्ष स्थानमा छन् ।
सम्पत्तिको यो आकार अर्बपतिहरुको सूचि प्रकाशित गर्न थालेयताकै उच्च हो । दोस्रो स्थानमा सर लियोनार्ड ब्लावटनिक छन् । उनको नेटवर्थ २९ अर्ब २० करोड पाउन्ड छ । तेस्रो स्थानमा २४ अर्ब ९० करोड पाउन्ड नेटवर्थ सहित डेभिड र साइमेर रुबेन र परिवार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक