महाधिवेशनबाट यस्तो बन्दै छ जसपा नेपालको कार्यसमिति
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल महाधिवेशनको तयारीमा जुटेको छ । महाधिवेशनको प्रतिनिधि चयन गर्ने काम धमाधम भइरहेको छ । जेठ १० गतेभित्र एक हजार महाधिवेशन प्रतिनिधि चयन गरिसक्नु पर्ने कार्यकारिणी समितिले निर्णय गरिसकेको छ ।
महाधिवेशनबाट १५१ सदस्यीय कार्यकारिणी समिति चयन हुनेछ । जसमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ गरी १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने पार्टीका प्रचार प्रसार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
यद्यपि जेठ १ गते सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय समिति सदस्यको सङ्ख्या बढाउने निर्णय गरेको छ । त्यसका लागि विधान संशोधन गर्नुपर्छ । विधान संशोधनको प्रस्ताव महाधिवेशनमा लगिनेछ । केन्द्रीय समितिमा कति सदस्य थप्ने निर्णय त्यहाँबाट हुने उनले बताए ।
जसपा नेपालले महाधिवेशनबाट आदिवासी जनजाती, मधेसी, खस क्षेत्री र ब्राह्मण, थारु, दलित, मुस्लिम, अपाङ्गता भएका र अल्पसङ्ख्यक गरी सात वटा सामाजिक समूहहरूबाट केन्द्रीय समितिमा समावेश गरिनेछ ।
हरेक समूहबाट ३३ प्रतिशत महिला र ४० प्रतिशत युवा निर्वाचित हुने चयन हुने बताइएको छ ।
यसरी निर्वाचन गर्दा आदिवासी जनजाति समूहबाट ३० जना, मधेसी समूहबाट १६ जना, खस क्षेत्री र ब्राह्मण समूहबाट ३३ जना, थारुबाट ६ जना, दलितबाट १४ जना, मुस्लिमबाट ४ जना अपाङ्गता भएका र अल्पसङ्ख्यक समूहबाट ३ जना निर्वाचित गरिने हुने जसपा नेपालले जनाएको छ ।
यसरी सामाजिक समूहबाट ३५ जना महिला र ४२ जना युवा निर्वाचित हुने छन् ।
जसपा नेपालले सामाजिक समूहबाट १०६ र खुल्ला प्रतिस्पर्धाबाट ४५ गरी १५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने हुने प्रावधान राखिएको छ । जसपाको महाधिवेशन आगामी जेठ २८ गतेदेखि जनकपुरमा हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी