ताइवानको संसदमा मुक्का हानाहान, पाँच सांसद अस्पताल भर्ना

ताइपेई । ताइवानको संसदमा विवादास्पद विधेयकलाई लिएर सत्तारुढ र विपक्षी सांसदहरूबिच हात हालाहाल भएको छ । दुई पक्षबीचको भनाभन झडपमा बद्लिएको थियो । सांसदहरूले एकअर्कालाई मुक्का हानाहान गरेका थिए भने पोडियममा उफ्रिएर संसदको कारबाही अवरुद्ध गरेका थिए । केही सांसदहरूले भने फाइल खोसेर सदन बाहिर लगेका थिए ।
झडपका क्रममा घाइते भएका पाँच जना सांसदलाई अस्पताल भर्ना गर्नुपरेको थियो । घाइते हुनेमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) र कुओमिन्ताङ (केएमटी) दुवैका प्रमुख व्यक्तिहरू थिए । डीपीपी सांसद र विपक्षी केएमटी र टीपीपी पार्टीका सांसदहरूबीच झडप केही घण्टासम्म चलेको थियो ।
ताइवानका नयाँ राष्ट्रपति चिङ तेहको शपथ ग्रहण नजिकिँदै गर्दा संसदमा यस्तो घटना भएको हो । चिङ तेहको शपथ ग्रहण सोमबार मे २० मा हुँदै छ । ताइवान संसदमा सरकारको काम कारबाहीमाथि नजर राख्ने विपक्षी सांसदलाई बढी अधिकार हुने एउटा विधेयक पेस गरिएको थियो ।
यस बाहेक संसदमा गलत बयान दिने सरकारी अधिकारीहरूमाथि फौजदारी अभियोग दार्ता हुने व्यवस्था पनि सो विधेयकमा थियो । यही विधेयकमाथि मतदान हुनुअघि सत्तारुढ र विपक्षी दलका सांसदबिच झडप भएको थियो ।
बहुमत भएकोले विपक्षी दल केएमटीले संसदमा आफ्ना सांसदहरूलाई बढी शक्ति दिलाउन खोजिरहेको छ । विपक्षी दलका सदस्यहरूले जबरजस्ती यो विधेयक संसदमा पास गराउन खोजेको र यो संविधानको उल्लङ्घन भएको आरोप लाइको पार्टी डीपीपीले लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन