फेरि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
चाँदीको मूल्य तोलामा ११० रुपैयाँ वृद्धि
आइतबार, ०६ जेठ २०८१, ११ : ३६

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा थप वृद्धि भएको छ । अघिल्लो साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको सुरुको दिन बढेर १ लाख ४० हजार ९०० रुपैयाँ पुगेको हो।
यस्तै तेजावी सुन तोलामा तोलामा १ लाख ४० हजार २०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ ।
शुक्रबार तोलामा १८०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार बढेर १९१० रुपैयाँ पुगेको हो ।
जसअनुसार चाँदीको मूल्य तोलामा ११० रुपैयाँ वृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्
-
नेपालले ओमानलाई हराउँदा जे देखियो
-
७ जनालाई एमालेले ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने
-
१३ हजार ८५० करोड भारु घोटालाका आरोपी हीरा व्यापारी बेल्जियममा पक्राउ
-
चट्याङबाट एक वर्षमा ७८ जनाको मृत्यु, कस्तो ठाउँमा पर्छ चट्याङ ?
-
नेपाल वायुसेवा निगमले गर्यो चैत्र मसान्तसम्मको ऋण भुक्तानी