जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम
आइतबार, ०६ जेठ २०८१, १० : ५९

मकवानपुर । वागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले आज उक्त जानकारी दिएका हुन् ।
बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न दलहरूको सहमति रहेको उनले बताए । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन्।
सभामुख पाठकले आजको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१-८२ को विनियोजित बजेटका सैद्धान्तिक पक्ष र योजनाको प्राथमिकताका विषयमा छलफल हुने जानकारी दिए । बजेटको सैद्धान्तिक पक्षमा भोलि पनि छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन
-
निजामती सेवा विधेयक : फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान
-
यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो
-
न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’
-
म्यानमारका भूकम्पपीडिलाई एनआरएनए थाइल्याण्डद्वारा राहत सहयोग हस्तान्तरण
-
२० वर्ष पुराना ट्याक्सी जफत सुरु, शुक्रबार ट्राफिकले समात्यो दर्जनभन्दा बढी ट्याक्सी