जर्जियामा ‘फरेन एजेन्ट’ विधेयकमा राष्ट्रपतिले लगाइन् भिटो

जर्जिया । जर्जियाकी राष्ट्रपति सालोमे जोउराबिच्भिलीले विवादास्पद ‘फरेन एजेन्ट’ विधेयकमाथि भिटो लगाएकी छिन् ।
संसदले विधेयकलाई पारित गरेयता देशभरमा विधेयकको विरोधमा व्यापक विरोध प्रदर्शन भइरहेको थियो । जोउराबिच्भिलीले यस अघि नै विधेयक उल्ट्याउने वाचा गरेकी थिइन् । उनले लगाएको भिटोलाई संसदले सामान्य बहुमतले उल्ट्याउन सक्नेछ ।
मंगलबार भएको मतदानमा विधेयकको पक्षमा ८४ र विपक्षमा ३० मत खसेको थियो । विदेशबाट २० प्रतिशतभन्दा धेरै लगानी पाउने संघसंस्थाहरुले आफूलाई विदेशी एजेन्टको प्रभावका रुपमा दर्ता गराउन होइन भने जरिवाना बेहोर्ने व्यवस्था विधेयकले गरेको छ ।
विरोधीहरुले जर्जियाले रुसको देखासिकी गरेर सो विधेयक बनाएको आरोप लगाइरहेका छन् । यो विधेयकले जर्जियालाई ईयूको सदस्य राष्ट्र रहिरहन रोक्न सक्ने जोउराबिच्भिलीको भनाइ छ । ईयूले पनि यस्तै खालको चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूपीका मुख्यमन्त्री आदित्यनाथको दाबी- महाकुम्भमा एउटा पनि अपराधको घटना भएन
-
थापाथलीमा पाईप फुटेर सडक जलमग्न : लाखौं रकमको क्षति
-
पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन, सलमान आगा टी–२० टोलीको कप्तान
-
टिकाथलीमा बोरिङबाट निस्किएको ग्यास, घरघरमा पुर्याउन स्थानीयको माग
-
जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो : प्रचण्ड
-
सशस्त्र प्रहरीले अर्डर गरेको १ सय २० वटा खुकुरी कारखानाबाटै चोरी, ३ जना पक्राउ