नयाँ इतिहास लेख्दै लेभरकुजन, अपराजित भएर लिग जित्ने पहिलो टोली बन्यो

म्युनिख । बायर लेभरकुजन पूरै सिजन अपराजित रहँदै बुन्डेस लिगा जित्ने पहिलो टोली बनेको छ । योसँगै टोलीको अपराजित रहँदै ट्रेबल जित्ने सम्भावना कायम रहेको छ ।
यसअघि नै उपाधि सुनिश्चित गरिसकेको ज्याभी ओलन्सोको टोलीले शनिबार घरेलु मैदानमा अग्सबर्गलाई २–१ गोलले हराउँदै नयाँ इतिहास रच्न सफल भएको हो । लेभरकुजन सबै प्रतियोगिताका ५१ खेलमा अपराजित रहेको छ ।
टोलीले यूईफएको ५९ वर्ष पुरानो कीर्तिमान पनि भंग गरिसकेको छ । यसअघि पोर्चुगिज टोली बेनफिकाले सन् १९६३ देखि १९६५ को बिचमा ४९ खेलमा अपराजित रहेको थियो ।
लेभरकुजनले यो सिजन बुन्डेस लिगामा ३४ खेलमध्ये २८ मा जित हासिल गर्न सफल रह्यो । यसक्रममा टोलीले ८९ गोल गर्दा मात्र २४ गोल खाएको छ ।
अब थप दुई खेल जिते टोली अपराजित रहँदै ट्रेबल जित्ने पहिलो टोली बन्नेछ । लेभरकुजनले बुधबार यूरोपा लिगको फाइनलमा एटलान्टाको सामना गर्नेछ भने ३ दिनपछि जर्मन कपको फाइनलमा काइसरस्लाउटर्नसँग भिड्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्ति विवादको रिट आज पनि इजलासको पुछारमा
-
ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयले हाल्यो मुद्दा
-
च्याट लिक कान्डः ट्रम्पले गरे आफ्नो रक्षामन्त्रीको बचाउ
-
बर्सेनि बढ्दै चैते धानको आकर्षण
-
सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, तोलामा २ लाख नजिक
-
न्यायाधीश नियुक्ति सधैँ विवादित : संसदीय सुनुवाइ अन्त्य कि न्याय परिषद्कै पुनर्संरचना ?