बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
अपराध

प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ

आइतबार, ०६ जेठ २०८१, ०९ : १२
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।  पक्राउ परेकाहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । 

लागुऔषध प्रयोगकर्ताले उनको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाबारे विस्तृत विवरण आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जिल्ल प्रहरी परिसरका काठमाडौँका एसएसपी वसन्त रजाैरेले बताए । 

ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान  घिमिरेको शव शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको  थियो । 

खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरेको  टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको थियो ।  स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप