६ फिल्म फ्लप हुँदा सङ्कटमा टाइगर श्राफ

काठमाडौँ । कोभिड महामारी अघि अभिनेता टाइगर श्राफ बलिउडमा सबैभन्दा महत्त्वाकाङ्क्षी र उदाइरहेका अभिनेतामध्ये एक थिए । आफ्नो नृत्य शैली र खतरनाक एक्सन सिक्वेन्सले टाइगर बलिउडको युवा एक्सन स्टारका रुपमा लोकप्रिय बनेका थिए ।
तर टाइगरका पछिल्ला केही फिल्मले बक्सअफिसमा खासै कमाई देखाउन सकेन । जसकारण उनको फिल्मी करियर ग्राफ निकै तल आएको छ । ‘हिरोपन्ती २’, ‘गणपत’ र ‘बडे मियाँ छोटे मियाँ’ को बक्सअफिस असफलतापछि अब टाइगरलाई हिट फिल्मको धेरै आवश्यकता परेको छ ।
अहिले टाइगरको हातमा कुनै पनि फिल्म छैन र उनको करियर सङ्कटको अवस्थामा पुगेको छ । ‘रेम्बो यो गर्मीमा सुरु हुने तयारीमा थियो । तर बजेटको समस्याका कारण यसलाई स्थगित गरिएको छ ।
जियोले टाइगरका साथ महंगो एक्सन फिल्म बनाउन सम्भव नरहेको बताइसकेको छ । ११ वटा फिल्म रिलिज हुँदा टाइगरले हालैमात्र लगातार ३ फ्लप फिल्मका साथ कुल ६ फ्लप फिल्म दिए । बक्स अफिसमा गिरावट आएपछि अहिले उनको हातमा चलचित्र छैन ।
फ्लप फिल्ममा ह्याट्रिक भएपछि निर्माताले टाइगरलाई आफ्नो पारिश्रमिकलाई सिंगल डिजिटसम्म कम गर्न सल्लाह दिइसकेका छन् । एक निर्माताले हालैमात्र टाइगरलाई आफ्नो पारिश्रमिकमा ७० प्रतिशत भन्दा बढी कम गरेर ९ करोडमा सीमित गर्न सल्लाह नै दिएका थिए । उनको भनाइमा अहिले टाइगरको कुनै बजार मूल्य छैन ।
उनले ‘बडे मियाँ छोटे मियाँ’ र ‘गणपत’का लागि ३०–३० करोड पारिश्रमिक लिएका थिए । तर दुवै फिल्म फ्लप भएपछि उनलाई नराम्ररी झट्का लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट
-
समान चरित्र बोकेका बेंगलुरु र पञ्जाब आपसमा भिड्दै, पाँचौँ जितको खोजी
-
प्रदेशको शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा उच्चतम प्रयास भएको छ : मुख्यमन्त्री पाण्डे
-
३६७ किलो गाँजासहित ५ जना प्रहरीको नियन्त्रणमा
-
बागमतीका औद्योगिक ग्राम अलपत्र : न स्रोत छ, न व्यवस्थापन
-
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण