बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

‘दर्शन सलाम’का साहिमा र डेबिट उत्कृष्ट

आइतबार, ०६ जेठ २०८१, ०८ : ०७
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । गायिका सहिमा श्रेष्ठ र गायक डेबिट शंकर उत्कृष्ट गायक गायिका घोषित भए । राजधानीमा आयोजित डिसिने अवार्डको १५ औँ संस्करणमा यी गायक गायिकाले ‘छक्का पञ्जा ४’को गीत ‘दर्शन सलाम’बाट अवार्ड हात पारेका हुन् । 

छायाँछवि क्रियशन आयोजक रहेको र चलचित्रकर्मीको उपस्थिति रहेको कार्यक्रममा चलचित्र प्रकाशबाट प्रदीप खड्का उत्कृष्ट अभिनेता बन्दा चलचित्र झिंगेदाउबाट आँचल शर्मा उत्कृष्ट अभिनेत्री भइन् । सोही समारोहमा झिंगेदाउ उत्कृष्ट फिल्म र सर्वोत्कृष्ट निर्देशक प्रकाशबाट दिनेश राउत ठहरिए ।

चलचित्र लाखेका लागि निर्देशक तर्फ सम्राट बस्नेतले जुरी अवार्ड पाउँदा फिल्म तर्फ छक्का पञ्जा ४ ले यही अवार्ड पायो । सर्वोत्कृष्ट नेशनल फिल्म रिमेश अधिकारीको नालापानी भयो । नव निर्देशकको रूपमा चलचित्र डेसानबाट कमल एक्चै मगरले अवार्ड लिँदा यही फिल्मबाट नम्रता सापकोटाले सहअभिनेत्रीको रूपमा सर्वोत्कृष्ट अवार्ड थापिन् । 

कार्यक्रममा रोहित रुम्बा, प्रशान्त ताम्राकार, हिउँवाला गौतम, प्रकाश घिमिरे, विकास सुवेदी, प्रदिप भारद्वाज, नरेन्द्र मैनाली, जीवन थापा, दीपक शर्मा, मुक्त उदास, बिराज गहतराज, सम्राट बस्नेत, सास्वत श्रेष्ठले समेत अवार्ड पाए । 

विभिन्न २४ विधा अवार्ड बाँडिएको कार्यक्रममा हास्य अभिनेता जितु नेपाल र पाश्र्व गायिका माण्डवी त्रिपाठी, रंग पत्रकार मणिराज गौतम, सविन श्रेष्ठ, शिवहरी नेपाल बैरागी, रुद्रशेखर शर्मा, दिप्रश शाक्य, रोशन श्रेष्ठ, बिराज विष्ट, अर्जुन खरेल र च्याङ्बा लामाले विभिन्न विधामा सम्मान प्राप्त गरेका थिए ।

कार्यक्रममा गायिका देवका वन्दना, माण्डवी त्रिपाठी, सहिमा श्रेष्ठ, अभिनेत्री पवित्रा आचार्य, मोडल प्रमिता राजघतानी लगायतले गायन र नृत्य प्रस्तुत गरेका थिए । 

प्रथम अभिनेत्री भुवन चन्द, हास्य साम्राज्ञी बसुन्धरा भुषाल, मेलोडि किङ शम्भुजित बाँस्कोटा चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी लगायतको कार्यक्रममा उपस्थिति थियो । कलाकारको सृजनाको सम्मान गर्दै उनीहरूलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको छायाँछबि क्रियसनका अध्यक्ष शान्ति प्रियले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप