फिल्म ‘गाउँ आएको बाटो’ नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर हुने

काठमाडौँ । फिल्म ‘गाउँ आएको बाटो’ नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर हुने भएको छ। अमेरिकाको मेरिल्यान्डमा आयोजना हुँदै आएको महोत्सवमा ओपनिङ फिल्मको रूपमा जून २० मा ‘गाउँ आएको बाटो’ स्क्रिनिङ हुने भएको हो।
नवीन सुब्बा निर्देशित जेठ २५ गतेदेखि नेपाल र डायस्पोरामा रिलिज हुन लागेको फिल्मले सन् २०२३ मा टोरन्टोमा विश्व प्रिमियरसँगै बुसान, मुम्बई, बेइजिङ लगायतका प्रसिद्ध फेस्टिभलमा सहभागिता जनाइसकेको छ।
फिल्ममा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय छ। गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतारचढावको कथा फिल्मले पेश गर्छ। आमोद राई फिल्मका निर्माता हुन्।
त्यस्तै, महोत्सव समापन फिल्मको रूपमा ‘द रेड सुटकेस’ स्क्रिनिङ हुने भएको छ। भेनिस फिल्म फेस्टिभलमा विश्व प्रिमियर भइसकेको यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन्।
वैदेशिक रोजगारीको सामाजिक आयामलाई प्रस्तुत गर्ने यो फिल्मले उत्कृष्ट समीक्षा पाएको छ। फिल्ममा सौगात मल्ल, बिपिन कार्की, सृष्टि श्रेष्ठ र प्रवीण खतिवडा शीर्ष भूमिकामा छन्। महोत्सवको यस वर्षको संस्करण जून २० देखि २३ (असार ६ देखि ९) सम्म आयोजना हुँदैछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्राधिकरणमा ‘चोर आतंक’
-
कैलालीमा बस र माइक्रो ठोक्किँदा १० जना घाइते
-
‘सिपाहीको कलमबाट अङ्क २’ पुस्तकबारे छलफल
-
गुणाकर गभर्नर बन्न किन अयोग्य ? खतिवडालाई उदाहरण बनाएर अधिवक्ताले देखाएका यी तीन कारण
-
गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी