गाजा : पछिल्लो २४ घण्टामा ७० भन्दा बढी लक्ष्यमा बमबारी
शनिबार, ०५ जेठ २०८१, १५ : २४
गाजा । गाजामा चलिरहेको भीषण लडाइँका बिच इजरायली सेनाले पछिल्लो २४ घण्टामा ७० भन्दा बढी लक्ष्यमा बमबारी गरेको जनाएको छ । सबैभन्दा भीषण भिडन्त उत्तरी गाजाको जबलिया क्षेत्रमा भइरहेको छ ।
इजरायली सेनाले गाजाको यो क्षेत्र हमासबाट मुक्त गराएको दाबी गरेको थियो । तर अहिले हमासका लडाकुहरूले इजरायली सेनामाथि फेरि आक्रमण गरिरहेका छन् ।
जबलियामा ठुलो शरणार्थी शिविर पनि छ। यहाँका साँघुरो गल्लीहरूमा इजरायली सैनिक र हमास लडाकुहरूबिच झडप भइरहेको छ । इजरायली सेनाले बुलडोजरले पसल र घर भत्काएको यहाँका बासिन्दाले बताएका छन् ।
उही समयमा, गाजाको अर्को छेउमा, रफाह सहरमा लडाई जारी छ। इजरायलले यहाँ हमासका कैयौँ अड्डाहरू ध्वस्त पारेको र इस्लामिक जिहादका एक शीर्ष कमान्डरलाई मारेको दाबी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी
-
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
-
व्यापार छाडेर विदेशतिर, के कारणले टिक्न सकेनन् व्यवसायी ?
-
कोशी प्रदेशमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
-
संसदीय समितिको निर्णयलाई अवज्ञा गर्दै बागमती सरकार
-
प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा आन्तरिक पर्यटकको रोजाइमा