साताको सेयर बजार : परिसूचकसँगै बढ्यो कारोबार
काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५२ अङ्कको वृद्धि भएको छ । साताका ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बढेसँगै समग्रमा नेप्से परिसूचक २ प्रतिशतभन्दा बढीले बढेर बन्द भएको हो ।
यो साता आइतबारदेखि नै नेप्से परिसूचक बढ्न थाल्यो । आइतबार तोलामा ८ अंकले बढेको परिसूचक सोमबार २४ र मङ्गलवार २८ अंकले बढ्यो । लगातार तीन दिन बढेपछि बुधवार ९ अंकले घटेको परिसूचक बिहीबार फेरी ०.७९ अंकले बढ्यो ।
साताको पहिलो कारोबार दिन परिसूचक १९६६ अंकबाट सुरु भएको थियो । जुन, साताको अन्तिम दिनसम्म आइपुग्दा २०१८ अंकमा आइपुगेर रोकिएको हो । यो साता नेप्सेमा कूल १८ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
गत साताभरमा ५ कारोबार दिनमध्ये ३ कारोबार दिन परिसूचक घटेको थियो । दुई कारोबार दिनमा भने सामान्य बढेको नेप्सेमा कारोबार रकम भने १४ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । यो साताको तुलनामा गत साता ४ अर्ब रुपैयाँ न्यून कारोबार भएको नेप्सेको तथ्याङ्कले देखाउँछ ।
सेयर किनबेच बढ्न थालेपछि कारोबार रकम पनि बढेको देखिन्छ । यस्तै किनबेच हुने सेयर सङ्ख्यामा समेत बढोत्तरी आएको छ । सातामा उल्लेख्य रुपमा नेप्से परिसूचक बढेपछि कूल बजार पुँजीकरण ३२ खर्ब १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । गत साता ३१ खर्ब १७ अर्ब रुपैयाँ थियो । यो २.६८ प्रतिशतले न्यून हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ लाख ‘एचपीभी’ खोप ल्याइँदै
-
पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रियो
-
जाडोबाट जोगिन उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
-
राष्ट्र बैंकको रिपोर्टमै देखियो उच्च मूल्यवृद्धि, मंसिरसम्म ६.०५ प्रतिशत
-
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटघाट
-
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्रबिच भेटघाट : के–के भयो छलफल ?