सभापति चयन गर्न बागमती प्रदेशसभाका चार संसदीय समितिको बैठक बस्दै

हेटौँडा । सभापति चयनका लागि बागमती प्रदेशसभाको ४ वटा संसदीय समितिको बैठक बस्दैछ । प्रदेशसभा सचिवालयका अनुसार सभापति चयनका लागि प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति र शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठक बस्ने तयारी गरेको हो ।
सभापति चयन प्रक्रिया टुङ्ग्याउन प्रदेश मामिला समिति र सार्वजनिक लेखा समितिको बैठक दिउँसो २ बजे बस्ने तय भएको छ भने शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठक ३ः ३० बजे बस्नेछ । अर्थ तथा विकास समितिको बैठक केही प्राविधिक कारणले पछि सरेको प्रदेशसभा सचिवालय हेटौँडाका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।
सबै समितिमा एकल उम्मेदवारी परेकाले प्रक्रिया पुरा गरी समितिको सभापति चयन गरिने उनले बताए । उनका अनुसार संसदीय समितिको बैठकमा मनोनयन दर्ता गराएका उम्मेदवारको प्रस्ताव समितिका ज्येष्ठ सदस्यले पेश गर्नेछन् भने उम्मेदवारको प्रस्तावक र समर्थकको निर्णय पछि सभापति निर्वाचित गराइने छ ।
सार्वजनिक लेखा समितिको सभापतिमा दलीय भागबन्डा अनुसार कांग्रेसका श्रीराम लामिछाने र प्रदेश मामिला समितिको सभापतिमा कांग्रेसका छिरिङ दोर्जे लामाले उम्मेदवारी दिएका छन् । शिक्षा स्वास्थ्य तथा कृषि समितिमा माओवादी केन्द्रका ठाकुर ढकाल र अर्थ तथा विकास समितिको सभापतिमा राप्रपाका नुरज बज्राचार्यले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभाको अन्य २ समितिको सभापतिका लागि भने केही दिनमा नै प्रक्रिया अघि बढाइने प्रवक्ता गुप्ताले बताए । उद्योग पर्यटन तथा वातावरण समिति र प्रदेश विशेषाधिकार समितिको सभापतिको लागि केही दिनमा नै निर्वाचन कार्यक्रम सार्वजनिक गरिने उनको भनाई छ ।
दलीय भागबन्डा अनुसार उद्योग पर्यटन तथा वातावरण समितिको सभापतिमा एमालेका आनन्द कुमार श्रेष्ठ र प्रदेश विशेषाधिकार समितिको सभापतिमा एकीकृत समाजवादीकी मायादेवी शर्माले उम्मेदवारी दिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविमा उपप्राध्यापक परीक्षाको रोचक नतिजा : २५ जना माग गरेकोमा ३ जना पास
-
तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकको परिवारसँग लिङ्देनको भेट
-
‘अब मेरा पिताजी फर्केर आउनुहुन्न, त्यो हतियार अर्कोलाई नउठोस्’
-
अधिकार त्यसै प्राप्त भएको होइन संरक्षणमा गम्भीर बनौँ : उपप्रधानमन्त्री सिंह
-
एमाले कमजोर भइरहेको अध्यक्ष ओलीद्वारा झापाबाटै स्वीकार
-
स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार प्रयासरत छ : मन्त्री शाही