सुन १४ सयले बढ्दा चाँदीको मूल्य पनि उकालो

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले गत साताको शुक्रबारको तुलनामा तोलामा १ हजार ४०० रुपैयाँले बढेर कारोबारमा आएको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ९०० रुपैयाँ थियो । जुन यो साताको शुक्रबारसम्म आइपुग्दा १ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ । यो साता नेपाली बजारमा सुनको मूल्यले कीर्तिमानी मूल्य समेत कायम गरेको थियो ।
साताको बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँसम्म कायम भएको थियो । जुन, अहिलेसम्मको सबैभन्दा उच्च हो । यद्यपि शुक्रबार भने तोलामा ७०० रुपैयाँले घटेर कारोबार सुरु भएको थियो ।
यस्तै यो साता चाँदीको मूल्य समेत बढेको छ । गत साता चाँदीको मूल्य तोलामा १७ सय ३५ रुपैयाँ थियो । जुन यो साताको शुक्रबार बढेर १८ सय रुपैयाँ प्रतितोला पुगेको छ । यो प्रतितोला ६५ रुपैयाँको वृद्धि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा
-
१० वर्ष अघि भूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन
-
प्रचण्ड के आधारमा सरकार ढल्ने अभिव्यक्ति बारम्बार दिन्छन् ?
-
जम्मु-कश्मिरमा मारिएका सुदीपको सम्झनामा दीप प्रज्वलन
-
हिमालयन रि–इन्स्योरेन्सलाई वैदेशिक रोजगार म्यादी जीवनबीमा पुल सञ्चालनको अधिकार
-
पैदल यात्रुको मृत्यु प्रकरण : ६ दिनसम्म किन जलाइएन शव ?