इटालीमा बाढी : एक जनाको मृत्यु

इटाली । पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण आएको बाढीले उत्तरी इटालीमा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ विस्थापित भएका छन् । उत्तर पूर्वी भेनेटोमा जारी उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
उद्धार टोलीहरूले पछिल्लो ४८ घण्टामा करिब २,५०० आपत्कालीन कलहरू प्राप्त गरेको बताएका छन् । उत्तरी लोम्बार्डी क्षेत्रमा अग्नि नियन्त्रकहरूले शुक्रबार एक ६६ वर्षीय व्यक्तिको मृत्यु भएको बताइएको छ । शुक्रबारसम्म लोम्बार्डीका गभर्नर एटिलियो फोन्टानाले स्थिति धेरै जटिल रहेको बताए ।
इटालियन किसान युनियन कोल्डिरेट्टीले कृषि उत्पादनमा क्षति पुगेको बताए । खेतबारीहरू तीव्र असिना, वर्षा र आँधीबेहरीको शिकार भएपछि यस क्षेत्रमा केही रोपण प्रक्रियाहरू जोखिममा छन् । मान्टोभा प्रान्तको बोर्गो मान्टोभानो नजिकै प्रतिघण्टा २०० किलोमिटरको हावाका कारण एउटा मालवाहक रेल पल्टिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२६ वर्ष पछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
-
‘कार्यशैली नबदले जनताले सरकारको विकल्प खोज्छन्’
-
गणेश थापामाथि फिफाले लगाएको प्रतिबन्ध टुंगियो
-
‘आफू काम नगर्ने, गल्लीमा बसेर गाली मात्र गर्ने ?’
-
कांग्रेस-एमालेका नेतासँगको संवादपछि सरकार टिक्दैन भनेको हो : प्रचण्ड
-
धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु