फाइनलमा देखाएको अभद्र व्यवहारपछि युभेन्टसद्वारा म्यानेजर बर्खास्त

टुरिन । हालैमात्रै इटालियन कपको उपाधि दिलाएका म्यानेजर मासिमिलियानो एलेग्रीलाई युभेन्टसले बर्खास्त गरेको छ । टुरिन टोलीले एटलान्टालाई १–० ले हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो ।
तर, खेलको अन्त्यतिर एलेग्रीले खेलका अधिकारीहरूसँग वादविवाद गरेपछि रातो कार्ड पाएका थिए । साथै उनले खुसीयाली मनाउने क्रममा स्पोर्टिङ निर्देशकलाई गिज्याएका थिए ।
इटालियन फुटबल फेडरेसनको अनुशासन आयोगले घटनाबारे एलेग्रीमाथि अनुसन्धान सुरु गरेको छ । शुक्रबार युभेन्टसले एलेग्रीलाई बर्खास्त गरेको जानकारी दियो ।
इटालियन कपको फाइनलमा एलेग्रीले देखाएको व्यवहारको लागि उनलाई बर्खास्त गरेको जानकारी दिएको छ । उक्त व्यवहार क्लबको मूल्य मान्यताविपरीत रहेको क्लबको भनाई छ ।
हुन तः खेलअघि नै ५६ वर्षीय म्यानेजरले आफ्नो जागिर गुमाउने लगभग पक्का भइसकेको थियो । उनको स्थानमा बोलोग्नाका प्रशिक्षक थियागो मोटाले नेतृत्व सम्हाल्ने बताइएको छ ।
सन् २०१४ देखि २०१९ सम्म युभेन्टसको नेतृत्व सम्हाल्दा टोलीले पाँचपटक लिग उपाधिका साथै चार पटक इटालियन कपको उपाधि जितेको थियो । यस अवधिमा टोली दुईपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।
सन् २०१८–१९ को अन्त्यमा क्लब छाडेका उनलाई सन् २०२१–२२ पुनः क्लबको नेतृत्व सुम्पिएको थियो । तर, दोस्रो पटक उनी सफल हुन सकेनन् । टोली दुई सिजन सातौँ र चौथो स्थानमा सीमित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको आन्दोलनमा अभिभावक घुसेपछि...
-
फोर्स गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त
-
पौडी खेल्ने क्रममा तीन बालक दानव नदीमा बेपत्ता
-
श्रेयज सुवेदीको कथा सङ्ग्रह 'बहुरूपी' सार्वजनिक
-
विवाह बन्धनमा बाँधिइन् ट्वाइलाइट अभिनेत्री क्रिस्टन
-
झारखण्डमा ८ संदिग्ध माओवादी मारिएको प्रहरीको दाबी