गृहमन्त्री लामिछानेविरुद्ध माइतीघरमा आन्दोलन गरिरहेको रित्तो ओछ्यान
काठमाडौँ । शनिबार बिहान ११ बजे माइतीघर मण्डला छेउ आन्दोलन हुने गरेको सडकमा रोचक दृश्य देखियो । सडकको छेउमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको फोटो सहित आफ्ना मागहरू राखिएको ब्यानर टाँगिएको थियो । सडकमा भने सिरानीसहितको एउटा ओछ्यान थियो । ब्यानरमा अनसन बसेको ब्यहोरा राखिए पनि को व्यक्ति वा संस्थाबाट आन्दोलन गरिएको भन्ने केही खुलाइएको थिएन ।
अझ रोचक त सडकमा राखिएको सो ओछ्यानको २ जना प्रहरी जवानले सुरक्षा दिइरहेका थिए । अघिल्ला दिनमा कहिलेकाहीँ एकजना मान्छे आएर सडकको सो ओछ्यानमा सुत्ने गरेको देखिए पनि शनिवार भने कोही नआएको सुरक्षामा खटिएका एक प्रहरी जवानले बताए ।
लामिछाने गृहमन्त्रीमा नियुक्त भएको भोलिपल्ट देखिनै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उनीविरुद्ध सहकारी ठगीको आक्षेप लगाउँदै प्रतिनिधि सभा बैठकमा आफ्ना भनाई राख्न बोल्न समेत दिएको छैन । उनीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग चर्काउँदै संसदमा आन्दोलन चर्किरहेका बेला माइतीघरमा यस्तो दृश्य देखिएको हो ।
लामिछाने गृहमन्त्री हुनुभन्दा पहिले माइतीघर, बानेश्वर लगायतका क्षेत्रमा निषेधाज्ञा जारी थियो । मन्त्री भएको केही समयपछि उनले माइतीघरको निषेधाज्ञा हटाएको भोलिपल्ट देखि नै माइतीघरमा विभिन्न खाल] विरोध प्रदर्शनका कार्यक्रम हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती विधेयकप्रति विज्ञको चर्को आपत्ति, भन्छन्– ‘कर्मचारी खुसी पार्ने कि जनताको पक्षबाट सोच्ने ?’
-
क्रिसमसको एक दिनअघि अमेरिकाकै ठुलो एयरलाइन्सको उडान रोकिएपछि...
-
प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे झन् अन्योल
-
वाइडबडीमा नेपाललाई घुस दिने कम्पनीलाई ५५ मिलियन अमेरिकी डलर जरिवाना
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
-
पोखरामा लगाइएको निषेधित क्षेत्र हटाउन रास्वपाको आग्रह