कर्णाली जडीबुटी र बहुमूल्य ढुङ्गाहरू बेचेर नै धनी बन्न सक्छ : मन्त्री अर्याल

सुर्खेत । नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कर्णाली गरिब मात्र होइन अथाह सम्भावना भएको प्रदेशका रूपमा आफूले चिन्ने गरेको बताएका छन्। कर्णालीको जडीबुटी, बहुमूल्य ढुङ्गाहरू बेचेर नै धनी हुने सम्भावना रहेको उनको भनाई छ।
शनिबार वीरेन्द्रनगर आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, 'यो सम्भावना नै सम्भावनाको प्रदेश हो। कर्णालीलाई बनाउन सकिन्छ।' त्यसका लागि सबैले सकारात्मक कुराहरूमा धेरै ध्यान दिनुपर्ने अर्यालले बताए। तर कर्णालीबारे सधैँ नकारात्मक कुराहरू मात्र प्रचारमा आउने गरेको भन्दै सञ्चारकर्मीहरूले पनि सकारात्मक र सम्भावनाका कुराहरूलाई प्रचारमा ल्याउनुपर्नेमा जोड दिए ।
अर्यालले आफू ०७५ साल देखिनै कर्णाली बुझ्ने अवसर पाएको र कालिकोटको रास्कोटमा २५ बेटको अस्पताल बनाएको उल्लेख गरे । त्यहाँ अहिले सबै दिन सोलारबाट सेवा प्रदान गर्ने गरी व्यवस्थापन भएको उल्लेख उनले गरे ।
अर्यालले कार्यभार सम्हालेपछि हरेक दिनलाई केहि न केहि काम गर्नुपर्छ भनेर लागिरहेको बताए । 'हरेक दिन एक दिनु भनेर काम गरिरहेका छु ' उनले भने, 'श्रम रोजगारको विषयमा निकै गम्भीरता पूर्वक कामहरू भइरहेका छन् ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको जीतमा बन्यो यस्तो रेकर्ड
-
महाधिवेशनबारे निर्णय गर्न रास्वपाले बोलायो बैशाख ४ गते केन्द्रीय समिति बैठक
-
रास्वपाले भन्यो, ‘सभापतिको दुई दिन, तीन रातको हिरासत बसाइ अवैध छ’
-
शिक्षक महासंघको टोली विद्यालय शिक्षा विधेयकमा छलफल गर्न जाने
-
प्रधानमन्त्री ओली र भारतीय कृषिमन्त्री चौहानबीच भेटवार्ता
-
दुई आयोगका पदाधिकारी र सदस्यका लागि निवेदन दिने १० दिनको समय निर्धारण