आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
अपराध

ललितपुरमा चोरी गर्ने समूह पक्राउ, सुन र मोबाइल पसलका सञ्चालक पनि समातिए

शनिबार, ०५ जेठ २०८१, ०९ : ५४
शनिबार, ०५ जेठ २०८१

ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । गत वैशाख ७ गतेदेखि ९ गतेको बिचमा नवराज गुरुङको घरमा कोही पनि नभएको समयमा सुन–चाँदीका गरगहनाहरू तथा आईफोन लगायतका धनमाल चोरी भएको थियो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाको अनुसन्धान गर्दा चोरीमा संलग्न रहेका रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई ललितपुर महानगरपालिका–१५ खुमलटार बस्ने ३७ वर्षीय कमल थापा मगर र ३५ वर्षीय धनलाल थापा मगरको संलग्ना पुष्टि भएको थियो । कार्यालयको टोलीले कमललाई जेठ ३ गते रामेछापको दोरम्बा गाउँपालिका–४ र धनलाललाई भैँसेपाटीबाट चोरीका सामानसहित पक्राउ गरेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

Screenshot 2024-05-17 182009

यसबारे थप अनुसन्धान गर्दा चोरी भएका धनमाल खरिद गर्ने सिन्धुपाल्चोक घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपन बस्ने २८ वर्षीय सुवास सुनार र कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीमा सुनचाँदी पसल सञ्चालन गरी बस्ने ४१ वर्षीय रमेश विकलाई पनि प्रहरी पक्राउ गरेको छ ।

यसको साथै चोरी गरेको आईफोन किनबेच गर्ने ताम्राकार कम्प्लेक्स स्थित सेल फोन रेस्क्यू सेन्टरका सञ्चालक ४१ वर्षीय योगेश डाँगी र २२ वर्षीय मोहम्मद समीरलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरूलाई बरामद गरिएको सामानहरूसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

बरामद भएका सामानहरुको विवरणः-

  • सुन जस्तो देखिने पहेलो धातुको सिक्रि थान-१
  • रातो रङ्गको क्रिष्टल जडित सुन जस्तो देखिने धातु थान-१
  • बिभिन्न रंगका क्रिष्टल जडित सुन जस्तो देखिने धातुको रानीहार थान-२
  • बिभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो रङ्गको धातुको चोक्कर थान-५
  • बिभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो धातुको पेण्डल थान -४
  • बिभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो धातुको चन्द्रहार थान -४
  • रातो रङ्गको पोते जडित सुन जस्तो देखिने पहेलो धातुको लकेट थान-१
  • रातो रङ्गको पोते जडित सुन जस्तो देखिने पहेलो धातुको पाँचगेडि थान-१
  • रातो क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो धातुको चन्द्रमा थान-१
  • सुन जस्तो देखिने पहेलो धातुको सानो ठूलो तिल्हरी थान-३
  • सुन जस्तो देखिने पहेलो धातुको चन्द्रमा थान-२
  • सुन जस्तो देखिने पहेलो धातुको झुम्का थान-२
  • सुन जस्तो देखिने पहेलो धातुको सानो झुम्का थान-४
  • सुन जस्तो देखिने पहेलो धातुको टप थान-२
  • सुन जस्तो देखिने पहेलो धातुको पत्थर जडित नथ्थि थान-२
  • चाँदी जस्तो देखिने पातलो पत्ता थान-३
  • बिभिन्न दरका नेपाली नोटहरु गरी जम्मा नेपाली रुपैया २४,४२०
  • REDMI कम्पनिको REDMI 12 स्क्रिन टच मोबाईल थान-१
     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप