प्यालेस्टिनीहरूले पीडा भोगिरहेका छन् : बाइडेन

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्यालेस्टिनीहरूले पीडा भोगिरहेको बताउँदै गाजामा तुरुन्तै सहायता बढाउन आवश्यक रहेको स्वीकार गरेका छन्। सहायताको पहिलो खेप समुद्री मार्गबाट गाजा आइपुगेको जानकारी दिँदै बाइडेनले यस्तो बताएका हुन् ।
बाइडेनले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट लेखेका छन्, ‘यो स्पष्ट छ कि प्यालेस्टिनीहरूले पीडा भोगिरहेका छन्। तत्काल सहयोग बढाउनुपर्ने आवश्यकता छ । हामी इजरायलसँग मिलेर गाजामा सहायता बढाउन प्रयास गरिरहेका छौँ ।’
यसअघि अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट सहायताको पहिलो खेप आइपुगेको पुष्टि गरेको थियो। अमेरिकाले भन्यो, ‘गाजामा प्यालेस्टिनी नागरिकहरूलाई सहयोग गर्न बहुराष्ट्रिय प्रयास जारी रहनेछ। समुद्रबाट पठाइने यो सहायता पूर्णतया मानवीय हो।’ अमेरिकी केन्द्रीय कमाण्डका अनुसार आगामी दिनमा ५०० टन राहत सामग्री गाजा पुग्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर