अनमोलसँग ‘फर्की फर्की’ मा काम गर्न पाएकाेमा खुसी रवि

काठमाडौँ । फिल्मको व्यवसाय गिर्दो भएपनि अभिनय प्रति आकर्षण भने बढ्दो छ । डाक्टर, इन्जिनियर, पाइलट समेत यो पेसामा भित्रिन थालेका छन् । केही अगाडि प्रदर्शनमा आएको फिल्म ‘उपहार’ मार्फत पाइलट समर्पण जङ्ग कार्कीले अभिनय डेब्यु गरेका थिए । अहिले फिल्म ‘फर्की फर्की’ मार्फत इन्जिनियर रवि काफ्ले डेब्यु गरेका छन् । फिल्ममा उनले अभिनेता अनमोल केसीको साथी ‘सुवास’ को भूमिका निर्वाह गरेका छन् ।
रविले अडिसन मार्फत फिल्ममा छानिएका हुन् । ‘म पेसाले इन्जिनियर भए पनि सन् २०१७ देखि हामीले विज्ञापनमा काम गरिरहेको थिए’, उनले भने ‘ बाल्यकालदेखि नै फिल्मप्रति रुचि थियो । त्यसैले फिल्ममा आए ।’ यस अगाडि म्युजिक भिडियो समेत अभिनय गरिसकेको उनले बताए ।
रविका अनुसार फिल्ममा उनको चरित्र मिलनसार, राम्रो काम मात्र गर्ने, कसैलाई गलत नगर्ने र कोहीले गलत गर्न खोज्न भने उसलाई सम्झाउने किसिमको छ । ‘फिल्ममा म्याडी पात्र अर्थात अनमोललाई सम्हाल्ने चरित्र छ’, उनले थपे ‘फिल्ममा अभिनय गर्ने इच्छा थियो । तर सुरुमै अनमोलसँग काम गर्न पाए । म लक्की रहेछु ।’ अनमोलसँग अभिनय गरिरहँदा उनी केही समय नर्भस भएको उनले सुनाए । भन्छन् , ‘अनमोलको सपोर्टले पनि ममा भएको नर्भस हरायो । हामी फिल्मको दृश्य सुटिङ अघि छलफल गर्थ्यौ ।’
फिल्म रिलिज मिति नजिकिँदै गएपछि रवि उत्साहित छन् । फिल्म विश्वभरका दर्शकले एकसाथ हेर्न पाउनेछन् । फिल्म रिलिज हुँदै गर्दा आफ्नो पात्रप्रति दर्शक प्रतिक्रिया कस्तो होला भन्ने कौतुहलता उनमा छ ।
रविको बुझाइमा ‘फर्की फर्की’ युवाहरूको कथा हो । मित्रतामा कतिपय कुराहरू अव्यक्त हुने भएकाले त्यो भावनालाई खोज्ने माध्यम नै यो फिल्म रहेको रविको बत्ताउँछन् ।
रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा रवि र अनमोलको अलावा जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कार्गो रेल नचलाएसम्म रेल्वे कम्पनी नाफामा जान सक्दैन’
-
लोसपा रौतहटको संयोजकमा भरत साह
-
'जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुन्छन्'
-
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब बजेट
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी
-
‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा