मनमैजुमा ट्राफिक प्रहरीका जवान मृत फेला, हत्या आशङ्का
शनिबार, ०५ जेठ २०८१, ०८ : १६

काठमाडौँ । काठमाडौँको तार्केश्वर–९ मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन् । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शङ्कास्पद अवस्थामा फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई जानकारी दिए ।
खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरेको बिहीबार राति हत्या भएको आशङ्का गरिएको छ । उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ ।
स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो । घटना शङ्कास्पद देखिएकोले प्रहरीले अनुसन्धान गरिरहेको एसएसपी भट्टराइले जानकारी दिए । घिमिरे सामाखुसीमा डेरा गरी बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्लाकी ‘ह्विसलब्लोअर’ले जितिन् मस्कविरुद्धको लडाई
-
ट्रम्प ट्यारिफले अमेरिकी अर्थतन्त्रमा धक्का दिन्छ: फेड अध्यक्ष जेरोम पावेल
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपा बैठक बस्दै
-
युद्धपछि गाजामा कस्तो रहला इजरायली सेनाको भूमिका ?
-
लेनदेन विवादमा शर्मिला वाइबामाथि आक्रमण
-
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा