गाजामा तीन जना बन्धकको शव फेला

गाजा । इजरायली सेनाले उत्तरी गाजाको जबलियामा तीन जना बन्धकको शव फेला पारेको जनाएको छ। शव फेला परेकामा शानी लुक, अमित बुस्किला र इत्जाक रहेका छन् ।
इजरायली सेनाका अनुसार उनीहरूको अक्टोबर ७ मा नै हत्या गरिएको थियो र गाजा लगिएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार बन्धकहरूको शव गाजाको सुरुङमा फेला परेको हो ।
अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । यस आक्रमणमा १२ सय मानिस मारिएका थिए । त्यसपछि हमास लडाकुहरूले गाजामा २५२ जनालाई बन्धक बनाएका थिए। यसको जवाफमा गाजा र वेस्ट बैंकमा इजरायली सैन्य कारबाहीमा हालसम्म ३४ हजारभन्दा बढी मानिस मारिएका छन् ।
तीन जनाको शव फेला परेका मध्ये एक जर्मनीकी शानी लुक हुन्। शानी जर्मनीकी एक पर्यटक थिइन् जो गाजा सीमा नजिकै आयोजित एक सुपरनोभा संगीत महोत्सवमा भाग लिइरहेकी थिइन्।
शानीकी आमा रिकार्डाले उनले आफ्नी छोरी समातिएको भिडियो देखेको थिइन् । टाउकोमा गम्भीर चोट लागेका कारण गाजामा शानीको अवस्था निकै नाजुक रहेको उनले पछि थाहा पाएको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकका जायज माग सम्बोधनमा ढिला हुनु हुँदैन : एनपी साउद
-
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैन : आयोजना
-
‘३५ वर्षसम्म देश लुटेकाहरूको जेलभित्र दश दान र बैतर्नी गर्ने अन्तिम इच्छा छ’
-
रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन् : हरि ढकाल
-
बानेश्वर क्याम्पसका स्ववियु सदस्य ठकुल्ला पहिलो बैठक नै नबसी बिदेसिए
-
थियटर फेस्टिभलभित्र ‘इन्स्टलेसन आर्ट’