आईपीएलको गणित : लखनउ प्लेअफमा पुग्न सकेन, कस्तो छ चेन्नई र बैंगलुरुको अवस्था ?

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को समूह चरणका ६७ खेल सकिएका छन् । शुक्रबार भएको खेलमा लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको हो ।
यस नतिजाका बाबजुद लखनउ प्लेअफमा पुग्न भने सकेन। लखनउलाई ठुलो अन्तरले जित्न आवश्यक थियो। तर, टोलीले धेरै अन्तरले जित्न सकेन ।
टोलीले १४ खेलमा १४ अङ्क बनाए पनि नेट रन रेट -०.६६७ थियो, जुन १४ अङ्कका साथ अन्य टोलीभन्दा राम्रो थिएन । यो पराजयपछि मुम्बई ८ अङ्कसहित पुछारमा रह्यो।
आजको खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरुसँग प्लेअफमा पुग्ने मौका छ। हाल चेन्नईको १४ अङ्क छ र बैंगलुरुको १२ अङ्क छ।
यदि चेन्नईले आज जित्यो भने १६ अङ्कसहित प्लेअफमा पुग्ने छ र दोस्रो नम्बरमा पनि पुग्ने छ । हाल राजस्थान रोयल्स १६ अङ्कसहित दोस्रो नम्बरमा छ । टोलीको एक खेल बाँकी छ ।
यदि राजस्थानले आफ्नो अर्को खेल कोलकातासँग हारे चेन्नई दोस्रो स्थानमा नै रहनेछ। उसले फाइनल पुग्न दुईवटा मौका पाउनेछ । तर, राजस्थान जित्यो भने चेन्नई तेस्रो स्थानमा पुग्नेछ । उसले फाइनलमा पुग्नका लागि लगातार २ खेल खेल्नुपर्नेछ ।
लिग चरणको अन्तिम खेलअघि रोयल च्यालेन्जर्स बैंगलुरुलाई शीर्ष ४ मा पुग्न ठुलो जित आवश्यक छ। बैंगलुरुले चेन्नईलाई हराए पनि शीर्ष ४ मा पुग्ने ग्यारेन्टी छैन। जितका बाबजुद पनि कम नेट रन रेटको आधारमा टोली बाहिरिन सक्नेछ।
बैंगलुरुले चेन्नईलाई १८ रन वा ११ बल अगावै खेल जित्न आवश्यक छ । यदि खेल वर्षाका कारण रद्द भयो भने चेन्नई प्लेअफमा पुग्नेछ।
- हर्षल सर्वाधिक विकेट लिने खेलाडी
पञ्जाब किंग्सका फास्ट बलर हर्षल पटेल प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडी हुन्, उनको नाममा २२ विकेट छ । मुम्बईका जसप्रित बुमराह २० विकेट लिएर दोस्रो स्थानमा छन् ।
- विराटको नाममा सर्वाधिक रन
बैंगलुरुका विराट कोहली यो सिजन प्रतियोगिताको सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले १३ खेलमा ६६१ रन बनाएका छन् । चेन्नईका कप्तान रुतुराज गायकवाड ५८३ रन बनाएर दोस्रो स्थानमा छन् ।
- निकोलस पूरन बने छक्का किङ
लखनउका निकोलस पूरनले शुक्रबार वानखेडेमा ८ छक्का प्रहार गरेका छन् । योसँगै उनी सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । उनले १४ खेलमा ३६ छक्का प्रहार गरेका छन् । हैदराबादका अभिषेक शर्मा ३५ छक्कासहित दोस्रो स्थानमा छन् ।
उता हैदराबादकै ट्राभिस हेड सिजनमा सबैभन्दा बढी चौका प्रहार गरेका छन्, उनले ११ खेलमा ६१ चौका प्रहार गरेका छन् । ५८ चौकासहित दोस्रो स्थानमा ऋतुराज गायकवाड छन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभाको सचिवमा पौडेल नियुक्त
-
तिनकुने प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई १०–१० लाख दिने सरकारको निर्णय
-
मैदान प्रवेशमा रोक लगाइएपछि एमएलएससँग रिसाए मेस्सीका अंगरक्षक चेउको
-
पिठो तथा इन्धन अभावमा गाजाका बेकरी बन्द
-
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
-
पूर्वराजा ज्ञानेन्द्रप्रति प्रचण्डको टिप्पणी– हावालाई कमान्डर बनाएको छ, हेर बुद्धि !