संसद्को अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्ने

काठमाडौँ । संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार बेलुका नै विपक्षी दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेपनि अन्तिम समयमा स्थगित भएको थियो । आज प्रधानमन्त्रीको निमन्त्रणामा कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार जाने तयारीमा छन् ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेताहरूको आन्तरिक व्यस्तताका कारण शुक्रबार बेलुका छलफल हुन नसकेको बताए । उनका अनुसार शनिबार बिहान साढे ८ बजे प्रधानमन्त्रीसँग भेटघाटको समय तय भएको छ ।
कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ । कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भयो ।
त्यसअघि जेठ १ मा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि कांग्रेसको अवरोधकै कारण धन्यवाद प्रस्ताव समेत पारित हुन पाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने प्रदर्शनमा मृत्यु भएका सविनको पोस्टमार्टम गरियो, आजै अन्त्येष्टि
-
मिशनमा भएको ढिलाईको जिम्मेवारी लिँदै फेरि चढ्न तयार भए सुनिता र विलमोर
-
विश्व शेयर बजार त्रस्त बनेपछि अतिरिक्त भन्सार महसुलप्रति नरम भए ट्रम्प
-
माइक्रोसफ्टले किन बन्द गर्यो सांघाईको एआई ल्याब ?
-
बालेनको 'अल्टिमेटम' सकियो, तर सरकारले पठाएन प्रमुख प्रशासकीय अधिकृत
-
गुजरातमा पटकाको कारखानामा विस्फोट हुँदा सात जनाको मृत्यु