विद्यार्थीका लागि पढाइसँगै सिप कार्यक्रम सञ्चालन

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरूलाई पढाइसँगै सिप सिकाउन “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम सञ्चालन गरेको छ ।
माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विद्यालयमै सिप सिकाउन थालिएको हो । नगर प्रमुख सुरत केसीले विद्यार्थी र शिक्षालाई सिप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
“माध्यमिक तहको शिक्षा हासिल गरेका विद्यार्थीले आफ्नो रुचि अनुसारको व्यवसाय गरी आयआर्जन र आफ्नो घर, टोल छिमेकमा आवश्यक पर्ने काम गर्न सक्ने बनाउने लक्ष्य छ,” उनले भने “गत वर्ष वडाको एक वटा विद्यालयमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी बनेपछि यस वर्ष सबै सामुदायिक माविमा लागू गरेका छौ ।”
हाउस वायरिङ, पलम्बीङ, कपाल काट्ने, अतिथि सत्कार, खाना पकाउने, प्रेसर कुकर बनाउने लगायतका सिप मूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १६ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा रु। १÷१ लाखका दरले बजेट उपलब्ध गराएको छ ।
कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई लक्षित गरेर सीपमूलक तालिम सञ्चालन गरिएको बेनी नगरपालिकाको शिक्षा शाखाका उपसचिव हेमचन्द्र पौडेलले जानकारी दिए । बिहान बेलुकी विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ ।
बेनी नगरपालिकाको १६ वटा सामुदायिक विद्यालयका दुई हजार जना भन्दा बढी विद्यार्थीहरू सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको छ । विद्यालयमा प्रारम्भिक चरणको सिप सिकेका विद्यार्थीलाई अन्य तालिम मार्फत क्षमता विकास गरिने नगर उपप्रमुख ज्योति लामिछानेले बताइन् ।
दक्ष, सिपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सिर्जना, स्वरोजगार बन्ने वातावरण बनाउने कार्यक्रम सहयोगी बन्ने नगर उपप्रमुख लामिछानेले बताइन् । म्याग्दीमा पलम्बीङ, वायरिङ, कपाल काट्ने काम गर्ने स्थानीय जनशक्तिको अभाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैते धानको मूल्य निर्धारण : गत वर्षभन्दा एक सय रुपैयाँले बढ्यो
-
स्ववियु निर्वाचन : मनोनयन दर्ता आज
-
कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने
-
पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति
-
अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर