मुख्य प्रशिक्षकका लागि बीसीसीआईद्वारा गम्भीरसँग सम्पर्क
कोलकाता। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पूर्व भारतीय ब्याट्सम्यान गौतम गम्भीरलाई भारतीय टोलीको मुख्य प्रशिक्षक बन्न सम्पर्क गरेको छ । ईएसपीएन क्रिकइन्फोका अनुसार बीसीसीआईले गम्भीरलाई टोलीको मुख्य प्रशिक्षक बन्न चाहेको हो कि होइन भनेर सोधेको हो।
इन्डियन प्रिमियर लिग (आईपीएल) को समाप्तिपछि यसबारे थप छलफल हुने अपेक्षा गरिएको छ। गम्भीर यस सिजन कोलकाता नाइट राइडर्सका मेन्टर हुन् । उसको टोली अङ्क तालिकाको शीर्ष स्थानमा छ र प्लेअफमा छनोट भएको छ।
राहुल द्रविड हाल भारतीय टिमका मुख्य प्रशिक्षक छन् । उनको कार्यकाल अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपपछि समाप्त हुनेछ ।
बीसीसीआईले भारतीय टोलीको मुख्य प्रशिक्षक पदका लागि आवेदन आह्वान गरिसकेको छ। बोर्डले गत सोमबार राति नै उम्मेदवारको विज्ञापन जारी गरेको थियो । उम्मेदवारहरूले मे २७ गते बेलुकी ६ बजेसम्म आवेदन दिन सक्नेछन् ।
- गम्भीरसँग कोचिङको अनुभव छैन
४२ वर्षीय गम्भीरसँग अन्तर्राष्ट्रिय वा घरेलु स्तरमा कोचिङको अनुभव छैन । उनले दुई आईपीएल फ्रेन्चाइजीमा कोचिङ स्टाफको जिम्मेवारी भने सम्हालेका छन्।
उनी आईपीएल २०२२ र २०२३ मा लखनउ सुपर जायन्ट्सका मेन्टर थिए। सन् २०२४ सिजनमा उनी कोलकातामा सामेल भए ।
गम्भीरले लखनउमा बसेको पहिलो दुई सिजनमा टोलीलाई प्लेअफमा पुर्याएका थिए।
खेलाडीको रूपमा, गम्भीरले २००७ मा भारतको टी-२० विश्व कप र २०११ मा एकदिवसीय विश्वकप जितेका थिए। उनले २०११ देखि २०१७ सम्म सात आईपीएल सिजनहरूमा कोलकाताको कप्तानी गरे । पाँच पटक टोली प्लेअफमा पुगेको थियो । कप्तानको रूपमा उनले २०१२ र २०१४ मा दुई उपाधि जितेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी निरीक्षक सुवेदीविरुद्धको भ्रष्टाचार मुद्दाका साक्षीले बयान फेरे, अख्तियारद्वारा मुद्दा दर्ता
-
रास्वपाले भन्यो : वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको घटनामा संलग्नता भेटिए कारबाही हुन्छ
-
यस्ता छन् सरकारले ल्याएका अध्यादेशका विशेषताहरु
-
स्वर्णलक्ष्मी सहकारी प्रकरण : रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
-
आयल निगमको धनगढी डिपो निर्माण अघि बढ्यो, साढे ३ अर्ब लागत अनुमान
-
जनमत पार्टीले माघ ५ गते बलिदानी दिवस मनाउने