न्यानीलाई ५ महिनाको बच्चा छाडेर मातापिता फरार भएपछि...

बेइजिङ । चीनमा एक न्यानी महिनौँदेखि अरूको नाबालक शिशुको हेरचाह गर्न बाध्य भएकी छिन् । रोचक कुरा त के छ भने शिशुको अभिभावकले न्यानीसँग ऋण लिएर गएका थिए । तर महिनौँ बितिसक्दा पनि उनीहरू बेपत्ता छन् । न्यानीले आफ्नो तलब त पाएकी छैनन् नै उल्टै शिशुलाई पनि हेर्नु परिरहेको छ ।
एक महिना अघि यो घटना चीनको सञ्चार माध्यमहरूमा हेडलाइन बनेको थियो । यू नाम गरेकी ती युवतीलाई हेइलोङचियाङ प्रान्तको हार्बिनमा बस्ने एक जोडीले भर्खरै जन्मिएको छोराको हेरचाहका लागि भनेर मासिक ७ हजार युआनमा नियुक्त गरेका थिए । छोरा हेरिदिन थालेको केही दिन पछि नै दम्पतीले पैतृक सम्पत्ति लिल तियान्चिन जानु पर्ने भयो भन्दै युसँग वकिल र कागजी कामकाजका लागि भनेर ऋण मागे । उनीहरुले आफूले पाउन लागेको सम्पत्तिको फोटो पनि देखाए ।
होटलको मालिक भएको कागज पनि देखाए । आफूहरू नआउँदासम्मका लागि भनेर छोरालाई न्यानीकै साथमा छाड्न तयार भए । नवजात छोरालाई नै छाडेर गएपछि शङ्का गर्ने ठाउँ पनि थिएन । तर गएको नोभेम्बर यता युले तलब पाएकी छैनन् । मातापिता हराएपछि शिशुलाई उनले नै हेर्न परिरहेको छ । दुखको कुरा आफूले जिन्दगीभर दुःख गरेर जोगाएको अनि भाइसँग मागेर दिएको पैसा पनि गुमाउनु परेको छ ।
यूले उनीहरुलाई १ लाख १० हजार युआन दिएको बताएकी छिन् । यूले पत्रकारहरूलाई दम्पतीले पैतृक सम्पत्तिका रूपमा पाउन लागेको महँगो घडी, कार र अन्य विलासी वस्तुहरू पनि देखाएकी छिन् । आफूलाई ठग्न उनीहरुले षडयन्त्र गरेको हुन सक्ने यूको भनाई छ । शिशुको मातापितालाई युले कहिले मोबाइलमा त कहिले विच्याटमा बारम्बार फोन गरिरहेकी छिन् । तर सम्पर्क हुन सकेको छैन ।
उनीहरूले नवजात शिशुलाई किन छाडेर गए भन्ने कुरा थाहा हुन सकेको छैन । आफैले जन्माएको बच्चा छाडेर मातापिता कसरी भाग्न सक्छन् ? युको मनमा यी सारा प्रश्नहरूले घर गरेका छन् । तर उनीसँग यसको उत्तर छैन । एक न एक दिन त आउलान् नि भनेर उनले बच्चाको हेरचाह गरिरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मण्डलेहरूले मान्छे मरुन् र देशभरि आतङ्क फैलियोस् भन्ने चाहे : प्रचण्ड
-
कुलमान र हितेन्द्र दुवैको रिटमा अग्राधिकार, यस्तो छ सर्वोच्चको संक्षिप्त आदेश (पूर्णपाठ)
-
एन्जिलाले भनिन्, ‘आमासँगै फिल्म हेरेर रुने हो’
-
हिंसात्मक बन्यो राजावादीको प्रदर्शन
-
ढलेको राजतन्त्र फर्कन सम्भव छैन, जनता गणतन्त्रप्रति गौरव गर्छन् : विप्लव
-
माधव नेपालको चेतावनी : आज कास्टिङमात्र हो, वंशको शासन गर्न खोजे ठुलो मूल्य चुकाउनुपर्ने छ