काठमाडौँ । दक्षिणकाली नगरपालिका बस्ने सुबोध आचार्य काठमाडौँ जिल्लासहित आसपासका जिल्लामा समेत सर्प उद्धार गर्छन् । उनले विगत ४ वर्षदेखि सर्प उद्धार गर्दै आएका हुन् ।
आचार्यले काठमाडौँमा पाइने प्राय सबै प्रजातिका सर्प उद्धार गरिसकेका । जसमध्येको एक सर्प हो, किङ कोब्रा अर्थात् कालो नाग । काठमाडौँ रिङ रोडबाहिर दक्षिणकाली, सुन्दरीजल, साँखु शालिनदी, ललितपुरको बडिखेल लगायतका विभिन्न ठाउँ गरी उनले २ दर्जनभन्दा बढी किङ कोब्रा उद्धार गरेका छन् ।
उद्धार गरिएको सर्प हरू जिल्ला बन कार्यालय , निकुञ्ज हरूसँग समन्वय गरी सुरक्षित बास स्थानमा छाडिने गरेको छ। उद्धारको लागि आवश्यक सामान औजार जिल्ला बन कार्यालय , दक्षिणकाली नगरपालिका बाट उपलब्ध गराइएको छ । सर्प पर्यावरणीय एवम् धार्मिक हिसाबले महत्त्वपूर्ण मानिन्छ |
तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया