१० बजे, १० समाचार
आज मिति २०८१ साल जेठ महिनाको ४ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ –
१. विश्वासको मतको तयारीमा प्रम
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सहभागी भएको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको १४ दिनमा अर्थात् जेठ ७ गते विश्वासको मत लिने तयारी गरेका छन् ।
चौथो पटक विश्वासको मत लिनेबारे प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई बिहीबार साँझ जानकारी गराएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले बताए ।
२. कांग्रेस सशंकित
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार जारी गतिरोधको निकास खोज्नेभन्दा पनि संसद् नै बन्द गर्ने पक्षमा देखिएको निष्कर्ष निकालेको छ ।
बिहीबार प्रतिनिधिसभामा सत्ता पक्षले निम्त्याएको मुठभेड र शुक्रबारको गतिविधिले सरकार संसद् बन्द गर्ने पक्षमा देखिएको कांग्रेसले निष्कर्ष निकालेको हो । कांग्रेसले शुक्रबार बिहान संसदीय दल र दिउँसो विपक्षी दलसँग यसबारे छलफल गरेको थियो ।
३. मौद्रिक नीतिको त्रैमासिक समीक्षा
चालु आर्थिक वर्षको ९ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेर रु१० खर्ब ८२ अर्ब ६२ करोड पुगेको जानकारी गराएको हो ।
४. संसदको अवरोध कायमै
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयसीमाभित्रै जसरी पनि सरकारले सदनबाटै बजेट ल्याउने बताएका छन् ।
वीरगन्जमा शुक्रबार नेकपा एमाले पर्साको नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बजेट ल्याउने समय थोरै रहेको भन्दै चुनौती बढ्दै गएको बताए ।
५. विधेयक फिर्ता
सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको छ । विधेयक फिर्ता लिनका लागि सरकारले सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएको छ। संशोधन विधेयक फिर्ता लिने सम्बन्धी पत्र संसद् सचिवालयमा पुगिसकेको सचिवालय स्रोतले जानकारी दिएको छ ।
६. उपेन्द्रको आग्रह
जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन गरी फरक पार्टीमा लागेकाहरूलाई मूलधारमा फर्कन आह्वान गरेको छ । शुक्रबार पार्टी अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै जसपा नेपाल विभाजन गरी अशोक राई नेतृत्वको जसपामा लागेकाहरूलाई मूलधारमा फर्कन आह्वान गरेका हुन् ।
७. कोशीमा शपथ
कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख प्रशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
८. बागमतीमा भागबण्डा
बागमती प्रदेश सभाको संसदीय समितिको सभापति गुम्ने डरले सरकारले मन्त्रालय विभाजन गरेको छ । जेठ २ गते बसेको मन्त्रीपरिषद बैठकले मन्त्रालय विभाजनको निर्णय गरेको हो ।
९. कोटामा गोलमाल
बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने विद्यार्थीको सूची फरक परेको विषय झन् पेचिलो बन्दै गएको छ । नेपालले सिफारिस गरेकोभन्दा बंगलादेशले सार्वजनिक गरेको सूची फरक परेकोमा अनेक समस्या देखिँदा विषय थप पेचिलो बन्दै गएको हो ।
१०. राष्ट्रियसभा स्थगित
राष्ट्रियसभा बैठक स्थगित भएको छ । शुक्रबार सुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध गरेपछि बैठक जेठ ६ गते १ः १५ सम्मका लागि स्थगित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक