शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

वीरगञ्जमा मेयर सिंहका समर्थक र कांग्रेस कार्यकर्ताबिच घम्साघम्सी

शुक्रबार, ०४ जेठ २०८१, २१ : ४४
शुक्रबार, ०४ जेठ २०८१

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको माइस्थान चोक शुक्रबार साँझ मेयर राजेशमान सिंह र कांग्रेस कार्यकर्ताहरूबिच हात हालाहाल भएको छ । मेयर सिंहविरुद्ध दर्ता किर्ते मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाउन माग गर्दै कांग्रेस कार्यकर्ताहरूले निकालेको जुलुसमा हात हालाहाल भएको हो । 

पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलका अनुसार कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिको महम्मद शहाबुद्दिनको नेतृत्वमा मसाल जुलुस निकालिएको थियो ।  त्यो जुलुस माइस्थानमा चोकमा पुगेर कार्यक्रम गरिरहेका बेला मेयर समर्थकहरूले नाराबाजी गर्दै कार्यक्रम बिथोल्न थालेपछि हात हालाहाल भएको उनको भनाइ छ ।

विवाद उग्र बन्दै गएपछि प्रहरीले लाठी चार्ज गरेर दुवै समूहलाई लखेटेको एसपी ढुंगेलले जानकारी दिए । तीन महिना अगाडि फर्जी नागरिकता बनाएको भन्दै पर्सा प्रहरीले मेयर सिंहविरुद्ध दर्ता गरेको किर्ते मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि नबढाइएको भन्दै मसाल जुलुस निकालिएको थियो ।

मसाल जुलुस नगर परिक्रमा गरेर माइस्थान चोकमा कोण सभामार्फत परिणत भएको थियो । सोही बेला मेयर सिंहका समर्थकहरूले कार्यक्रम बिथोल्न नाराबाजी गर्न थालेको कांग्रेसका युवा नेता रञ्जन सिंहले बताए । 

उनका अनुसार मेयर समर्थकहरूले कांग्रेस कार्यकर्ताहरूसँग जबरजस्ती विवाद गर्न खोजेपछि दुवैतिरबाट मुठभेडको अवस्था सृजना भएको थियो । मेयर सिंहका समर्थकहरूले चोकमा राजेशमान जिन्दाबाद...जस्ता नारा लगाउन थालेपछि विवाद उग्र बन्दै गएको थियो ।

सोही क्रममा मसाल जुलुस निकाल्ने समूह र मेयरका समर्थकहरूबिच हातपात समेत भएको उनले बताए ।  फागुन २४ गते पर्सा प्रहरीमा वीरगन्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध किर्ते मुद्दा दर्ता भएको थियो ।

फर्जी विवरणका आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता दिलाएको भन्दै उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।  जिल्ला सरकारी वकिलको कार्यालयबाट मुद्दा दर्ता गर्न पत्र आएपछि प्रहरीले किर्ते मुद्दामा अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार उनको नाममा ८३७ नम्बरमा मुद्दा दर्ता छ । 

रुविना श्रेष्ठ नामको नागरिकतामा बुवाको नाम राजेशमान सिंह राखेर बनाइएको छ, जसमा आमाको नाम लेखिएको छैन ।  श्रेष्ठको नाममा ३४–०१–७५–०४८४७ नम्बरबाट नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालयको रेकर्डमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप