अमेरिकी सेनाले गाजामा सहायताको पहिलो खेप पुर्यायो
शुक्रबार, ०४ जेठ २०८१, २१ : ११

तेल अभिभ । अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको छ । अमेरिकाको सेन्ट्रल कमाण्डरले माइक्रो ब्लगिङ वेबसाइट एक्समा यो जानकारी दिएका हुन् ।
‘गाजामा प्यालेस्टाइनी नागरिकहरूलाई मद्दत गर्न बहुराष्ट्रिय प्रयास जारी रहनेछ । समुद्री मार्गबाट पठाइएको यो सहायता पूर्णतया मानवीय हो,’ अमेरिकी पक्षले भनेको छ ।
तर, प्रभावकारी सहायताको शर्तमा समुद्री मार्गले भूमि मार्गहरू प्रतिस्थापन गर्न नसक्ने चेतावनी संयुक्त राष्ट्रले दिएको छ । अमेरिकी केन्द्रीय कमाण्डका अनुसार आगामी दिनमा ५०० टन राहत सामग्री गाजा पुग्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’
-
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण
-
तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एक जना युवक पक्राउ
-
१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म
-
सामुदायिक वनभित्र महिलाको शव फेला