सहकारी अभियान समाप्त भए संविधान अपुरो हुन्छ : मुख्यमन्त्री अधिकारी
![सहकारी अभियान समाप्त भए संविधान अपुरो हुन्छ : मुख्यमन्त्री अधिकारी](https://npcdn.ratopati.com/media/news/khagraj-adhikari_kF9Hq4TPsH.jpg)
पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले अस्वस्थ प्रतिस्पर्धाका कारण सहकारी अभियानमा धक्का लागेको बताए । उनले सहकारीका सञ्चालकले गरेको लापरबाहीको सिकार सहकारी अभियान भइरहेको बताए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को आयोजनामा भएको ‘साकोस जोखिम विश्लेषण कार्यशाला’लाई सम्बोधन गर्दै उनले अभियन्तामाथि दोष थुपारेर मात्रै समस्याको समाधान नहुने बताए ।
नियामक निकायले सही अनुगमन र विश्लेषण नगरेका कारण अहिले सहकारीमा समस्या देखिएको उनको तर्क छ । ‘कहिले व्यवस्थापकले सञ्चालकको काम गरिदिएको छ । कहिले सञ्चालकले व्यवस्थापकको काम गरिदिएको हुन्छ,’ उनले भने, ‘कहिलेकाहीँ लेखा सुपरिवेक्षण नै नाम मात्रको हुन्छ । अनि सहकारी उद्देश्य केन्द्रित हुन सक्छ ?’
सहकारी अभियान समाप्त भए संविधान नै अपुरो हुने उनको भनाई छ । ‘सहकारी अभियान समाप्त भयो भने संविधान नै अपुरो हुन्छ,’ उनले भने, ‘त्यसतर्फ सेयर सदस्य, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म र हामीसम्म सबैले ध्यान पुर्याउनै पर्ने विषय छ ।’ सेयर सदस्यलाई समेत जानकारी नदिई मनपरी ऋण प्रवाह गर्दा अहिले समस्या बढेको अधिकारीले सुनाए । ‘सेयर सदस्यलाई थाहा छैन, आउनुहोस् ऋण दिइहाल्छु भन्यो, अस्वस्थ प्रतिस्पर्धा देख्छु म,’ उनले भने । सञ्चालकहरूको लापरबाहीको सिकार पोखराको सहकारी अभियान भइरहेको भन्दै सहकारीबाट अर्बौँको रकम अपचलन भएका कारण राजनीतिक वृत्तमा पनि ठुलो चुनौती खडा गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता