मधेस प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने तयारी

काठमाडौँ । मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तयारी गरिएको छ । नेकपा माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरत साहले ५ दल मिलेर जनमतको नेतृत्वमा सरकार गठन हुने जानकारी दिएका छन् ।
नयाँ बन्ने सरकारमा माओवादी केन्द्र, नेकपा एमाले, जनमत, लोसपा र नेकपा एकीकृत समाजवादी रहने सहमति भएको नेता साहले बताए ।
यस्तै जनमत पार्टीका संसदीय दलका नेता महेश यादवले पनि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताए । उनले भने,‘मधेस प्रदेशमा जनमतको नेतृत्वमा सरकार बन्ने सहमति भएको छ । भोलिदेखि यसको प्रक्रिया थालनी गरिनेछ ।’ जनमतबाट यादवले सरकारको नेतृत्व गर्ने बताइएको छ । यस्तै कुन पार्टीबाट कति जना मन्त्री बन्ने भन्ने टुङ्गो लागेको छैन ।
सरकार गठन गर्ने प्रक्रिया सुरु भएपछि दलहरूको बिचमा मन्त्रालय बाँडफाँट हुने बताइएको छ । दलहरूबिच भएको सहमति अनुसार पहिलो वर्ष जनमतले नेतृत्व गर्छ भने दोस्रो वर्ष माओवादी र तेस्रो वर्ष एमालेले सरकारको नेतृत्व गर्ने छ ।
नयाँ गठबन्धनमा लोसपा पनि रहने बताइए पनि सो दलका उपाध्यक्ष एवं मधेस प्रदेशका सांसद जितेन्द्र सोनलले यस विषयमा पार्टीसँग कुनै छलफल नभएको दाबी गरे ।
नयाँ गठबन्धनमा माओवादीका ९, एमालेका २४, एकीकृत समाजवादीका ७, जनमतका १३ र लोसपाका ९ जना सांसद रहेका छन् ।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जसपा नेपाल गएपछि जनमत माओवादी–एमाले गठबन्धनमा आएको हो । बिहीबार कांग्रेसले बोलाएको बैठकमा जनमतका नेता अनुपस्थित थिए । यद्यपि सो बैठकमा लोसपा सहभागी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड के आधारमा सरकार ढल्ने अभिव्यक्ति बारम्बार दिन्छन् ?
-
जम्मु-कश्मिरमा मारिएका सुदीपको सम्झनामा दीप प्रज्वलन
-
हिमालयन रि–इन्स्योरेन्सलाई वैदेशिक रोजगार म्यादी जीवनबीमा पुल सञ्चालनको अधिकार
-
पैदल यात्रुको मृत्यु प्रकरण : ६ दिनसम्म किन जलाइएन शव ?
-
भारतका लागि नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई
-
जिम्मेवारी र माया बिचको सङ्घर्ष झल्काउने ‘परिबन्ध’ गीत