फरक पार्टीमा लागेकाहरूलाई मूलधारमा फर्कन उपेन्द्र यादवको आह्वान
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन गरी फरक पार्टीमा लागेकाहरूलाई मूलधारमा फर्कन आह्वान गरेको छ । शुक्रबार पार्टी अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै जसपा नेपाल विभाजन गरी अशोक राई नेतृत्वको जसपामा लागेकाहरूलाई मूलधारमा फर्कन आह्वान गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजवादी पार्टी, नेपाल एक विशिष्ट सोच, सिद्धान्त र एजेण्डा बोकेको पार्टी हो । जसले उत्पीडित राष्ट्रियताको मुक्ति, हिमाल, पहाड र तराई/मधेसबिचको पारस्परिक सम्मान र एकता निर्माण गर्ने सङ्गठन भएकोले पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै समाजवादी आन्दोलन, पहिचान, संघीयता र लोकतान्त्रिक गणतन्त्र लगायतका सवालमा प्रतिबद्ध भएर पनि भ्रमबस फरक पार्टीमा जानु भएका साथीहरूलाई गलत बाटो छोडेर आफ्नो मूलधारको जनता समाजवादी पार्टी, नेपालमा फर्किन हुन हार्दिक आह्वान गर्दछौँ ।’
जसपा नेपाल विभाजन गरेर अशोक राईले जसपा पार्टी गठन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र अमेरिकाका विदेशमन्त्रीहरूको भेटवार्तामा के भयो कुराकानी ?
-
नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’
-
टर्कीको रिसोर्टमा आगलागी, मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो
-
ट्रम्पको शपथ ग्रहण लगत्तै पुटिन र सीबिच भिडियो कल
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
तीनबुँदे सहमति गरेर कांग्रेसले खोल्यो पोखरा महानगरमा लगाएको ताला