फेरियो ट्विटरको डोमेन नाम
क्यालिफोर्निया । अमेरिकी माइक्रो ब्लगिङ वेबसाइट एक्सको डोमेन नाम फेरिएको छ । आज बिहानसम्म साइट ट्विटर डट कममा खुलिरहेको थियो । तर दिउँसोदेखि यो स्वतः एक्सडटकममा खुल्न थालेको छ । २०२२ मा अमेरिकी खर्बपति व्यापारी एलन मस्कले किनेका सामाजिक सञ्जाल मञ्च पूरै परिवर्तन भएको छ । धेरै फिचरहरू पहिले नै फेरिसकेका थिए । डोमेन नाम मात्रै फेरिन बाँकी थियो । त्यो पनि अब परिवर्तन भएको छ ।
कम्पनीका मालिक एलन मस्क आफैले यसबारे एक्समा पोस्ट गरेका थिए । सबै कोर सिस्टम एक्समै भएको उनले बताएका छन् । एक्सको लगइन पेजमा एउटा सन्देश पनि देखिनेछ । यसमा ‘हामी हाम्रो यूआरएल परिवर्तन गर्दैछौं, तर तपाईँको गोपनीयता र डेटा सुरक्षा सुटिङहरू उस्तै रहनेछन्,’ भनेर लेखिएको छ ।
एलोन मस्कले २०२२ को अक्टोबरमा ४४ अर्ब डलरमा माइक्रो ब्लगिङ वेबसाइट ट्विटर किनेका थिए । मस्कले ट्विटरको जिम्मेवारी लिएपछि यसमा व्यापक हेरफेर गरेका छन् । पहिला ब्लू टिक सित्तैमा पाइन्थ्यो । पछि मस्कले यसका लागि पैसा लिन थाले मस्कले कम्पनीमा व्यापक कर्मचारी कटौती गरे ।
पोष्टको क्यारेक्टर सीमा बढाइयो । पहिले २८० ओटा शब्द मात्रै पोस्ट गर्न सकिन्थ्यो । यसलाई बढाएर २५ हजार पुर्याइएको छ । पोस्ट पढ्न सीमा तोकिएको छ । एक सामान्य प्रयोगकर्ताले एक दिनमा एक हजार पोस्ट मात्र हेर्न सक्नेछन् । सशुल्क सदस्यता लिनेहरूले एक दिनमा १० हजार पोस्ट पढ्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान्–श्रीमती र छोराछोरीको उपचार खर्च पनि बेहोर्ने
-
पूरा भयो पुष्पा–२ को सुटिङ, यो दिन आउने भयो हलमा
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव
-
यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरमा हेर्नुहोस्