मधेस प्रदेशमा जनमतले जसपा नेपाल नेतृत्वको सरकार स्वीकार नगर्ने
काठमाडौँ । जनमत पार्टीले मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकार कुनै पनि हालतमा स्वीकार नगर्ने बताएको छ । जसपा नेपालबाट मधेस सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मतका लागि प्रयास जारी राखेको बेला जनमत पार्टीले यस्तो प्रतिक्रिया दिएको हो ।
जनमत पार्टीका उपाध्यक्ष ई.दीपक साहले मधेस प्रदेशमा जसपा नेपाल नेतृत्वको सरकार स्वीकार्य नहुने प्रस्ट पारे । अरु कुनै दलको नेतृत्व भएमा आफूहरूले विचार गर्न सक्ने भए पनि जसपा नेपाल नेतृत्वको सरकार जनमत पार्टीलाई अस् वीकार्य रहेको उनले बताए ।
जसपा नेपालले मधेस प्रदेशमा जनमत पार्टीलाई पटकपटक धोका दिएका कारण यसपटक विश्वासको मत नदिने मात्र होइन, जसपा नेपाल नेतृत्वको सरकार नै स्वीकार नगर्ने उनले बताए ।
उनले भने, ‘बलमरु जनमत एक्लै प्रतिपक्षमा बस्छ तर जसपा नेपाल नेतृत्वको सरकारमा सहभागी हुँदैन । जसपा नेपाललाई सरकार बनाउन सहयोग पनि गरिने छैन ।’ जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारबाट माओवादी केन्द्र र एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका छन् । जसपा नेपाललाई अहिले नेकपा एकीकृत समाजवादीले मात्र साथ दिएको छ ।
बहुमतका लागि अन्य दलको समर्थन लिनका लागि मुख्यमन्त्री सरोजकुमार यादवले छलफल चलाएका छन् । जसपा नेपालको अहिलेको सरकार टिकाउनका लागि कांग्रेसको साथै लोसपा र जनमतमध्ये एउटा दलको समर्थन अनिवार्य छ ।
तर यसपटक जसपा नेपालको नेतृत्वमा सरकार बनाउनका लागि न कांग्रेस तयार देखिन्छ, न लोसपा र जनमत । यद्यपि जसपा नेपालले आफ्नो नेतृत्वको सरकार टिकाउनका लागि प्रयास जारी राखेको छ । आज कांग्रेसले बोलाएको विपक्षी मोर्चाको बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए । तर सो बैठकमा जनमत पार्टीबाट कोही सहभागी थिएन ।
उपाध्यक्ष साहले समयको अभावका कारण बैठकमा सहभागी नभएको बताए । उनले बैठकमा जाने भनिए पनि समय नमिलेकाले नगएको बताए । उनले आफ्नो दल जेठ १५ गतेको तयारीमा जुटेको बताए । जेठ १५ गते नौलो गणतन्त्रका लागि आन्दोलन घोषणा गर्न जनमत पार्टीले काठमाडौँमा बृहत् आमसभाको आयोजना गरेको छ । त्यसको तयारीमा पूरै पार्टीपंक्ति लागेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई विज्ञको सुझाव– ५ जना नयाँ साथी बनाउने, २ जनालाई भोट हाल्न लगाउने
-
ओलीबारे देउवा र प्रचण्डको एकैदिन विपरीत टिप्पणी
-
झापामा ६ राउण्ड गोली प्रहार, एक जना लागू औषध कारोबारीको खुट्टामा लाग्यो गोली
-
नक्कली एक्स अकाउन्टले सोनु निगम हैरान, भने- मेरो ज्यान जोखिममा छ
-
‘रंगी’को शीर्ष गीतमा रोमान्टिक सलोन र मलिका
-
लागू औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली