सुकेधाराको डान्स बारमा लुटपाट, ५ जना पक्राउ
शुक्रबार, ०४ जेठ २०८१, १६ : ४४

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ स्थित सुकेधारमा सञ्चालित मुस्कान डान्स बार एन्ड क्लबमा लुटपाट भएको छ । बिहीबार चार जना भारतीय नागरिकहरू सो डान्स बारमा लुटिएका हुन् ।
लुटमा संलग्न आरोपमा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा सर्लाही घर भएकी २५ वर्षीय कविता योन्जन, लमजुङ घर भएका ३० वर्षीय प्रेमबहादुर गुरुङ, पाँचथर घर भएका २५ वर्षीय बीपन राई, काठमाडौँका सुजन महर्जन र बैतडी घर भएका १९ वर्षीय मनिष साउद छन् ।
आरोपीहरूले डान्स बारमा इन्जित सिंह सहितका भारतीयबाट १ लाख ६७ हजार लुटेका हुन् । घटनाबारे प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
-
डिभोर्सको विषय बाहिरिएपछि सुटुक्क अमेरिका उडिन् अरुणिमा
-
अर्घाखाँचीका किसानलाई मौरी वितरण
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा १४ अर्ब भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिको निष्कर्ष
-
छोरीको हुनेवाला श्रीमानसँग भागेकी महिला थानामा
-
काठमाडौँमा थाल ठटाउँदै अर्धनग्न प्रदर्शन (तस्बिरहरू)