यस्तो छ ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’
शुक्रबार, ०४ जेठ २०८१, १५ : २१

काठमाडौँ । असारको ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा अभिनेत्री पूजा शर्मा र नव–नायक कुन्साङ बोमजोमको अभिनय देख्न सकिन्छ ।
गीतमा सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको सङ्गीत, प्रदीप प्रखर पोखरेलको शब्द छ ।
रुपेश तामाङको निर्देशन रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रूपमा छन् । देव मगर र अनुप गडाल निर्माता रहेको फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रूपमा छन् ।
फिल्ममा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरि प्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी
-
‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा
-
‘आउटलः दफा २१९’को एक्सनले उठाउला सुशीलको करियर ?
-
भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै
-
कारागारका कैदीबन्दी घरेलु इलममा, मासिक १५ हजारसम्म कमाइ
-
यसरी म आजकै दिन जेलबाट छुटेको थिएँ