बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

दर्शक आकर्षित गर्न ‘गाउँ आएको बाटो’ले ल्यायो चिठी प्रतियोगिता

शुक्रबार, ०४ जेठ २०८१, १४ : ५५
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । पछिल्लो समय फिल्म प्रचारका शैली फेरिन थालेका छन् । कतिपय निर्माता फिल्म प्रचारका लागि नाटक मञ्चन गर्न थालेका छन् भने कतिपयले विभिन्न प्रतियोगिता आयोजना गर्दै आएका छन् । 

यस्तैमा नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ले फिल्म प्रचारका लागि ‘ चिठी प्रतियोगिता’को आयोजना गरेको छ । जसमा आकर्षक मोबाइल उपहार समेत राखिएको छ । 

फिल्म निर्माण टिमले शुक्रबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रतियोगिताको विभिन्न जानकारी दिएको हो । जसमा आफ्ना बुबालाई, आफ्ना छोराछोरीलाई चिठी लेख्नुहोस् र पढेर भिडियो बनाउनुहोस् अनि जित्नुहोस् आकर्षक मोबाइल फोन भनिएको छ । 

प्रतियोगीताका लागि जेठ ४ देखि २२ गतेसम्म पठाइएका भिडियो सहभागी हुनेछन् । प्रतियोगीले चिठी प्रतियोगिताको भिडियोमा अनिवार्य रूपमा फिल्मको नाम र प्रदर्शन मिति राखेको हुनुपर्ने प्रावधान छ । उक्त भिडियो निर्माण कम्पनी बाँसुरी फिल्मस्को पेजमा ट्याग गर्नुका साथै बाँसुरी फिल्मस्को युट्युब च्यानल सब्सक्राइभ गरेको हुनुपर्नेछ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोले ‘होनोर एक्सनाइनबी’ मोवाइलसेट प्राप्त गर्नेछन् ।

‘गाउँ आएको बाटो’ले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवनयापन गर्ने माइला (दयाहाङ राई), माइली (पशुपति राई) र उनीहरूको सातवर्षे छोरा बिन्द्रे (प्रसान राई)को जीवनमा उक्त गाउँमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तन र संघर्षको कथामा बनेको हो ।

जेठ २५ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म लेखनमा निर्देशक सुब्बाले महेश राईसँग सहकार्य गरेका छन् । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनेको फिल्मका निर्माता निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । फिल्मको अन्तर्राष्ट्रिय  राइट्स सेभेन सिजले खरिद गरेको छ । 

फिल्मका कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप