नरेन्द्र मोदीले शेयर गरे अभिनेत्री रश्मिका मन्दनाको भिडियो

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्डन्नाको पोस्टमा प्रतिक्रिया दिएका छन् । उनले रश्मिकाको भिडियो पोस्ट शेयर गरेका छन् ।
मान्छेहरूलाई एक अर्कासँग जोड्नु र जीवन सुधार्नु जस्तो सन्तुष्टि दिने चिज अरू केही छैन भन्दै मोदीले पोस्टमा भनेका छन् । रश्मिकाले हालै निर्माण सम्पन्न भएको मुम्बई ट्रान्स हार्बर लिङ्कमा भिडियो खिच्दै भिडियोको प्रशंसा गरेकी थिइन् ।
यो हार्बर लिङ्कलाई अटल बिहारी वाजपेयी सेवारी–न्हावा शेवा अटल सेतु नाम दिइएको छ । अटल पुलको तारिफ गर्दै रश्मिकाले एक ठाउँबाट अर्काे ठाउँ जान २ घण्टा लाग्ने ठाउँमा अहिले २० मिनेटमा पुग्न सकिने बताएकी छन् ।
२२ किमी लामो यो पुल समुद्रमा बनेको सबैभन्दा लामो पुल भएको पनि रश्मिकाले भनेकी छिन् । रश्मिका यतिबेला आगामी फिल्म ‘पुष्पा: द रुल’ को कारण चर्चामा छिन् ।
उनको जन्मदिनमा फिल्मको फर्स्ट लुक सार्वजनिक गरिएको थियो । यो फिल्म अगस्ट १५ मा रिलिज हुँदैछ । फिल्ममा उनी श्रीवल्लीको भूमिकामा देखिनेछिन् । रश्मिका छिट्टै सलमान खानसँग ‘सिकन्दर’ र विक्की कौशलसँग ‘छावा’ मा देखिँदै छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?