संसद्मा गृहमन्त्री लामिछानेलाई बोल्न दिन कांग्रेससँग राप्रपाको माग
शुक्रबार, ०४ जेठ २०८१, १४ : २७

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद्मा गृहमन्त्री रवि लामिछानेलाई सम्बोधन गर्न दिनुपर्ने माग राखेको छ । शुक्रबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकमा माग अघि सारेको राप्रपाका संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
उनले संसद्मा गृहमन्त्रीलाई बोल्न दिने माग गरेको बताउँदै सदनमा बोल्न दिएपछि मात्रै संसद्मा थप छलफल हुने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेको बताए ।
गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको माग लिएर संसद्मा एक्लै अवरोध गर्दै आइरहेको कांग्रेसले शुक्रबार विपक्षी दलहरूको पनि साथ खोज्दै छलफल अघि बढाएको थियो । तर अन्य दलहरूले कांग्रेससँग मिलेर अघि बढ्ने वा नबढ्नेमा कुनै निष्कर्ष नदिएको शाहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन