पश्चिम बङ्गालमा चट्याङ्गका कारण ११ जनाको मृत्यु
शुक्रबार, ०४ जेठ २०८१, १२ : ०८

नयाँ दिल्ली । भारतको पश्चिम बङ्गाल राज्यमा चट्याङ लागेर ११ जनाको मृत्यु भएको छ । राज्यको मालदा जिल्लामा बिहीबार अलग अलग स्थानमा चट्याङ्गका कारण कम्तीमा ११ जनाको मृत्यु भएको बताइएको छ । चट्याङ्ग लागेर कयौँ घाइते भएको र घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
घाइतेमध्ये केहीको हालत गम्भीर रहेको अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमा २ जना नाबालिग पनि रहेको बताइएको छ ।
मृत्यु हुनेमध्ये अधिकांश खेतमा काम गरिरहेका, बगैँचामा आँप टिप्न गएका र बगैँचाका गार्ड भएको बताइएको छ । मुख्यमन्त्री ममता बनर्जीले यी घटनामा दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल विश्वकै प्रदूषित सहरको सूचीमा, वायु गुणस्तर ‘अत्यन्तै अस्वस्थकर’
-
स्याङ्जामा मगर दिवस मनाइँदै
-
रिलका लागि छुट्टै एप ल्याउँदैछ इन्स्टाग्राम ?
-
अस्ट्रेलियन स्पिनर म्याथ्यू कहनेम्यानले पाए आईसीसीबाट सफाइ
-
सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम
-
अरनिको राजमार्ग : धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द