९ महिनामा २३८ अर्ब ९४ करोड ऋण परिचालन, चालु खर्च ६४४ अर्ब ३ करोड

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०–८१ को नौ महिनासम्ममा चालु खर्च रु.६४४ अर्ब ३ करोड भएको जनाएको छ । आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले पुँजीगत खर्च रु.९७ अर्ब ३८ करोड र वित्तीय व्यवस्था खर्च रु.१६७ अर्ब ९९ करोड भएको जनाएको छ ।
सो अवधिमा नेपाल सरकारको कुल खर्च रु।९०९ अर्ब ३९ करोड भएको महालेखा नियन्त्रक कार्यालयलाई उद्धृत गर्दै राष्ट्र बैंकले जनाएको छ ।
यस अवधिमा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.७४८ अर्ब ४ करोड भएको छ । यस्तै समीक्षा अवधिमा सरकारी खर्च गत वर्षको सोही अवधिको तुलनामा ३.६ प्रतिशतले घटेको छ भने राजस्व परिचालन ९.४ प्रतिशतले बढेको छ ।
यस्तै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८०-८१ को नौ महिनासम्ममा सरकारले रु.१७६ अर्ब आन्तरिक र रु.६२ अर्ब ९४ करोड बाह्य गरी कुल रु.२३८ अर्ब ९४ करोड ऋण परिचालन गरेको बैंकको त्रैमासिक समीक्षामा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा विक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत