राजनीति
विपक्षी दलको बैठकमा सत्तापक्षका माधव नेपाललाई पनि निम्तो
शुक्रबार, ०४ जेठ २०८१, १० : ४५

काठमाडौँ । नेपाली कांग्रेसको अगुवाइमा आह्वान भएको विपक्षी दलको बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि बोलावट भएको छ ।
कांग्रेस संसदीय दलको बैठकपछि संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि बैठकमा बोलाइएको बताए । नेपालको पार्टीले समेत सहकारी ठगीको विषयमा संसदीय छानबिनको माग गर्दै आएको छ ।
तर, निम्ता गरिएपनि नेपाल बैठकमा सहभागी हुने–नहुने भने निश्चित भइसकेको छैन । बैठक केहीबेरमा सिंहदबारमा बस्दैछ । लेखकका अनुसार बैठकमा राप्रपा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, लोसपा, जनमोर्चा लगायतका दललाई बोलाइएको छ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद्मा बिहीबार भएको घटना र सहकारी ठगीमा संसदीय छानबिनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
अपडेट : नेपाललाई बोलाइएपनि उनी बैठकमा उपस्थित रहेनन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘पिताम्बर’ का दर्शक भेट्न किन हलमा पुगे प्रदीप र दिव्या ?
-
ऋग्वेदका ऋचा रच्ने लोपामुद्रा को थिइन् ?
-
जिन्दगानी हाम्रो यो दुई दिनलाई...
-
जीवन भोगाइ र अनुभवको लिखित सँगालो नै पुस्तक हो : पूर्व प्रधानन्यायाधीश कार्की
-
‘मलाई धर्म परिवर्तन गर्न कहिल्यै दबाब दिइएन’
-
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकमा कति दफामा जुट्यो सहमति ?