विश्वासको मत
प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने
शुक्रबार, ०४ जेठ २०८१, ०७ : ५३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते विश्वासको मत लिने भएका छन् ।
चौथो पटक विश्वासको मत लिनेबारे उनले सभामुख देवराज घिमिरेलाई बिहीबार साँझ जानकारी गराएको सभामुखको प्रेस विज्ञ शेखर अधिकारीले रातोपाटीलाई जानकारी दिए ।
जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
विश्वासको मत लिने भएसँगै प्रधानमन्त्री प्रचण्डले लोसपालगायतका साना दलहरूसँग विश्वासको मत माग्दै आएका छन् । सम्भव भएसम्म साना दललाई पनि सरकारमा समेटेर अघि बढ्ने तयारीमा प्रचण्ड रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने प्रदर्शनमा मृत्यु भएका सविनको पोस्टमार्टम गरियो, आजै अन्त्येष्टि
-
मिशनमा भएको ढिलाईको जिम्मेवारी लिँदै फेरि चढ्न तयार भए सुनिता र विलमोर
-
विश्व शेयर बजार त्रस्त बनेपछि अतिरिक्त भन्सार महसुलप्रति नरम भए ट्रम्प
-
माइक्रोसफ्टले किन बन्द गर्यो सांघाईको एआई ल्याब ?
-
बालेनको एकसाते 'अल्टिमेटम' सकियो, तर सकारले पठाएन प्रमुख प्रशासकीय अधिकृत
-
गुजरातमा पटकाको कारखानामा विस्फोट हुँदा सात जनाको मृत्यु